अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रपति हसन रुहानीसँग वार्ता गर्न तयार रहेको बताएका छन् । फ्रान्समा जारी जी सेभेन राष्ट्रहरुको बैठकमा सहभागी हुन गएका अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी विदेशमन्त्री जावाद जरिफको भेटका क्रममा ट्रम्पले इरानी राष्ट्रपति हसन रुहानीसँग आफु वार्ता गर्न तयार रहेको बताएका हुन् ।

बैठक चलिरहेका बेला आइतबार इरानी विदेशमन्त्री उक्त बैठकमा पुगेपछि राष्ट्रपति ट्रम्पले वार्ताका लाग तयार रहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिकाले लगाएको नयाँ प्रतिवन्धका कारण चिस्सिएको अमेरिका ईरान सम्बन्धमा यस भेटले सकारात्क नतिजा आउन सक्ने अनुमान गरिएको छ ।

राष्ट्रपति ट्रम्ले इरानसँग परमाणु गतिविधिबारे नयाँ सम्झौता गरेर अघि बढ्न चाहेकोसमेत बताउनुभएको बीबीसीले जनाएको छ । इरानको परमाणु गतिविधि कम गर्ने बारेमा सन् २०१५ मा भएको सम्झौताबाट गत वर्ष अमेरिका पछि हटेपछि दुवै देशको सम्बन्ध चिसिएको थियो । सन् २०१८ को मे महिनामा ह्वाइट हाउसले सन् २०१५ को इरानी परमाणु सम्झौताअन्तर्गत हटाएका प्रतिबन्धहरू फेरि लगाएको थियो।

 

इरानका सर्वोच्च नेता विरूद्ध अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जुनको अन्तिम साता लगाएको प्रतिबन्धलाई रुहानीले ुनिरर्थकु भन्दै उसका विदेशमन्त्रीलाई निशानामा पार्ने अमेरिकी कदमको निन्दा गरेका थिए । उक्त कार्यले ह्वाइट हाउस ुमानसिक रूपमा कमजोरु रहेको देखाएको रुहानीले बताएका थिए । सो समय रुहानीले अमेरिकाले नयाँ प्रतिबन्ध लगाएर उसले वार्ता गर्न चाहेको भनी झूटो बोलेको देखाएको आरोप समेत लगाएका थिए । (एजेन्सी)

 

Comments

comments