बेलायत सरकारले आफ्नो देशको मुद्रामा गोरखा सैनिकको तस्विर अंकित गर्ने तयारी गरेको छ । बेलायती सेनामा नेपाली सैनिकले पुर्याएको योगदानको कदर गर्दै पहिलो पटक बेलायतले आफ्नो पाउण्ड सिक्कामा ख्यातिप्राप्त गोरखा सैनिकको तस्विर अंकित गर्ने तयारी गरेको हो ।
हालसम्म श्वेत बेलायती बाहेक अन्य कुनै पनि समुदायका मानिसको तस्वीरअङ्कित सिक्का ननिकालेको बेलायतले गोरखा सैनकको बहादुरीको उच्च सम्मान स्वरुप पहिलो पटक यस प्रकारको निर्णय गरेको हो । सोमबार लण्डनको एक कार्यक्रममा बोल्दै ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण यो तयारी थालिएको हो ।
उनका अनुसार यो सिक्काको डिजाईन कस्तो किसिमको बनाउने भन्न सन्दर्भमा कुरा भइरहेको र त्यसैका लागि सम्पूर्ण प्रस्ताव बेलायतमा सिक्का छाप्ने सरकारको स्वामित्व रहेको संस्था रोयल मिन्समा पेश गरिएको छ ।
रोयल मिन्ट प्रत्येक वर्ष ६० भन्दा बढी देशको सिक्का छाप्ने काम गर्दछ ।
प्रतिक्रिया