शरद रेग्मी \ नेपालगन्ज ११ भदौ ।

राजस्व चुहावट रोक्न ध्यानाकर्षण गराउन तुलसीपुर उद्योग वाणिज्य संघ नेतृत्वको टोलि नेपालगन्ज भन्सार पुगेको छ ।  चाड पर्वजनिकिंदै गर्दा भारतीय नाकाबाट व्यापक रुपमा भन्सार राजश्वछली कांचो कपडा, फेन्सी सामान लगायतका विभिन्न दैनिक उपभोग्य सामाग्रिहरु बजारमा भित्रिन थालेको गुनासोपछि टोलि त्यहां पुगेको हो ।

तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा नेपालगन्ज भन्सारमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा सन्चारकर्मिहरुको समेत बाक्लो उपस्थीति रहेको थियो ।

सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीर वहादुर रावत(विरु)ले भन्सार नाकामा चेकजांच कडाइ नहुंदा भन्सार नतिरेका दुइ नंवरी सामानहरु बजारमा छ्याप्छ्याप्ती देखिन थालेको भन्दै भन्सार प्रमुखको ध्यानाकर्षण गराएका थिए । ध्यानाकर्षण पत्रमा भन्सार राजश्व नतिरि बजारमा सामान भित्रिदा आफुहरुले कर तिरेर ल्याएको सामान उपभोक्ताले केहि महंगो भएको हुंदा व्यवसाय गर्नै असहज अवस्था सृजना भएको उल्लेख गरीएको छ । साथै यसलाइ व्यवस्थापन गर्न भन्सार कर्मचारी, सुरक्षा निकाय लगायत आम सन्चारकर्मिहरुको पनि सहकार्य आवस्यक भएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै भन्सार प्रमुख शान्तिराम निरौलाले आफु एक्लै तस्करहरुसंग लड्नुनपर्ने अवस्था भैरहेको सन्दर्भमा अव व्यपारीहरुको साथले आफुहरुलाइ अझै हौस्याएको पनि बताउनुभयो । साथै यो विषयमा आफ्नो जनशक्तिले भ्याएसम्म थप सक्रिय रहने पनि बताउनुभयो । सो अवसशमा शशस्त्र प्रहरी कार्यालयका एसपि दिपक अधिकारीले तस्करीका सामान स्वयम व्यवसायीहरुबाटनै गलत बाटोबाट लगिने गरेको भन्दै शशस्त्र प्रहरी एक्लैको प्रयासले तस्करी रोक्न नसकिने बताउनुभयो । यद्धपि मुलबाटोमा भने शशस्त्रको निगरानी चर्को छ ।

जनशक्तिको अभावसंगै खुल्ला सिमानाले तस्करी रोक्न ठुलो चुनौति रहेको पनि उहाले बताउनुभयो । सो अन्तरर्किया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बांकेका एसपी वीर वहादुर वलीले तस्करीको ठुलो सन्जाल रहेको बताउंदै सिमा नाकामा आफुहरुको विशेष गस्ती भैरहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको तथ्यांकले पनि यो बर्ष नाकामा धेरै सामानहरु नेपाल प्रहरीले जफत गरी भन्सारमा बुझाएको पनि उहांको दावी थियो ।

अन्तरक्रिया कार्यक्रममा महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले विषयप्रवेश गराउंदै पर्व, उत्सव र शोकका बाहनामा एउटै व्यक्तिले भन्सारबाट आवस्यक प्रयोजनकालागी भन्दै व्यापारीक प्रयोजन गरीरहेको बताए । साथै संगठित समुहले पनि विभिन्न छोटिभन्सार नाका तथा खुला नाकाबाट साइकल र अटोमा समेत सामान भित्राउने गरेको बताउनुभयो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले तस्करीको सन्जाल केहि कम भएको भन्दै आफुले नियमित रुपमा भन्सार कार्यालयलाइ यसका विषयमा ध्यानाकर्षण गराउंदै आएका थिए ।

अन्र्तक्रिया कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य उत्तम कुमार श्रेष्ठले कर नतिरेका सामानहरुसंग आफुहरुले प्रतिस्पर्धा गर्न असहज अवस्था सृजना भएको भन्दै यसमा भन्सार नाकामा विशेष सावधानी अपनाउन माग गर्नुभयो । सो अवसरमा कपडा व्यवसायी नरेशराज राजभण्डारीले समेत कपडा व्यवसायीको गुनासो पोखेका थिए ।

यसै बीच सो टोलिले कोहलपुर स्थीत राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा पनि यसै विषयमा ध्यानाकर्षण गराएको थियो । अध्यक्ष विर वहादुर रावत(विरु)ले यस विषयमा ध्यानाकर्षण पत्र कार्यालय प्रमुख लाइ बुझाएका थिए । साथै आवस्यक कारवाहिकालागी पनि आग्रह गरेका थिए । ध्यानाकर्षणपत्र बुझ्दै कार्यलय प्रम्ुख शेखरवावु कार्किले राजश्व चुहावट रोक्ने आम नागरीकहरुको दायित्व भएको भन्दै यसमा आफुहरु गम्भीर भएको बताउनुभयो । अनुसन्धान कार्यालयले त्यसै सामान जफत नगर्ने भन्दै यहां आएपछि उम्कने कुनै उपाय नभएको पनि उहांले बताउनुभयो । कार्यक्रमको सहजीकरण तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुप वहादुर खत्रीले गरेका थिए ।

यसैबीच भन्सार नतिरि एउटा यात्रुवाहक किया बसमा दाङ भित्रिंदै गरेको केहि थान सुटका कपडा मंगलवार राती प्रहरीपोष्ट जसपुरले नियन्त्रणमा लिएर आन्तरीक राजश्व कार्यालय तुलसीपुरमा पठाएको छ । पान विल काटि सवारीचालकलाइ बुझाएर यो सामान फलानो व्यक्तिलाइ दिन लगाएको चालकले बताएका थिए । यी कपडा भन्सार तिरि ल्याइएका हुन् वा होइनन् भन्ने विषयमा राजश्व कार्यालय तुलसीपुरले अनुसन्धान गर्ने छ ।

यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा फेरी अर्को चरणमा व्यवसायीहरु कृष्णनगरको वडनी भन्सार जाने भएका छन् । दुइ नंवरी सामानलाइ पुर्ण रुपमा विक्रि वितरणमा रोक लगाउन सो टोलि कृष्णनगर भन्सार जान लागेको हो ।

 

Comments

comments