नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।वीरगञ्जमा मृत्यु भएकी महिलाको कोरोना संक्रमण पुष्टी भएसंगै नेपालमा मृतकको संख्या ५६ पुगेको छ ।
साउन १४ गते नारायणी वयोधा अस्पतालमा भर्ना भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलाको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पताल लगिएको थियो तर उपचारका क्रममा स्वाब रिपोर्ट नआउँदै उनको शनिबार मृत्यु भएको हो ।
मृत्यु भएकी महिला सुगर र निमोनिया रहेको अस्पतालले बताएको छ ।
प्रतिक्रिया