सुडान घोटालाका दोषी शम्भू भारती पक्राउ परेका छन् । भारतीलाई सीआइबीको टोलीले ललितपुरको भैंसेपाटी स्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

पक्राउ परेका भारतीलाई फैसला कार्यान्वयनका लागि आजैंसर्वोच्च अदालतमा बुझाउने बताईएको छ ।

भारती एस्योर्ड रिस्क कम्पनी लिमिटेड, बेलायतका नेपाली प्रतिनिधि ठेकेदार थिए ।विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट शम्भु भारतीसहित तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारीसँग असुल गर्न निर्देशन दिएको थियो।

भारती नेपाल एजेन्टका रुपमा तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणासँगको मिलेमतोमा स्पेसिफिकेसन र क्याटलगबिना नै सामानको रेट बनाएर भ्रष्टाचार गरेको सर्वोच्च अदालतको ठहर छ।

सुडानमा खटिएको प्रहरी टोलीका लागि आवश्यक सामग्री खरिदमा भएको करोडौँको भ्रष्टाचार काण्ड नै सुडान घोटालाका नामले चर्चित रहेको छ । २०६४ सालमा भएको यो काण्डलाई सर्वोच्च अदालतले राष्ट्रिय लज्जाको विषय भएको बताएको थियो ।

 

Comments

comments