गीतकार बालकृष्ण न्यौपानेको गीत ‘कम्मरमा पटुकी’ सार्वजनिक भएको छ । सुनिल राईको संगीत र गायक प्रताप दासको आवाज रहेको गीतकार न्यौपानेको ‘कम्मरमा पटुकी’ गीत भिडियो सहित सार्वजनिक भएको हो ।
एल्वम ‘बिहानीको सितल’मा समाविष्ट यो गीतमा प्रेम र प्रकृतीको कलात्मक संयोजन रहेको छ । ग्रामिण भेगकी सरल युवतीको सौन्दर्य बर्णन रहेको गीतलाई आर्कषक परिवेसमा छायांकन गरिएको छ । दुर्गा धिमाल न्यौपाने निर्माता रहेको भिडियोलाई निर्देशक मुनाल शिशिरले निर्देशन गरेका हुन् ।
A Young Minds को प्रस्तुती रहेको भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय रहेको छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको कम्मरमा पटुकीलाई दिपक गीरीले छायांकन र अर्जुन पोखरेलले सम्पादन गरेका हुन् । गीतकार बालकृष्ण न्यौपाने हाल अमेरिकाको ह्यारिसबर्ग, पेन्सिलभेनिया बसोबास गर्दै आएका छन् ।
भुटानको थिम्पुमा जन्मिएका गीतकार न्यौपाने अमेरिकामा रहेर पनि नेपाली साहित्य र संगीतमा क्रियाशिल रहँदै आएका छन् । उनका यस अघि तितो लाग्न थाल्यो, अव यि हातहरु, पहिले कतै लगायतका गीतहरु सार्वजनिक छन् । आफैं पनि राम्रो गायन क्षमता भएका उनका स्वरमा पनि जहाँ जान्छु त्यहिँ पाउँछु, हाम्रो पहिलो प्रेम, अव यि अल्छी हातमा, बनमारा फुल्ने फूलमा लगायतका गीतहरु सार्वजनिक छन् ।
प्रतिक्रिया