नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापा आफू निर्वाचित काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को सडकको विषयलाई लिएर आन्दोलनमा उत्रिएका छन् ।

प्रतिपक्षी कांग्रेसले बनाएको छायाँ सरकारमा शिक्षा मन्त्रालय हेर्ने जिम्मेवारी समेत पाएका सांसद थापाले आफ्नो क्षेत्रका मतदातासहित सडक विभागमा आन्दोलन गर्न पुगेका छन् ।सांसद थापासहित सडक विभाग पुगेका जनताले सडक विभागभित्र धर्ना शुरू गरेका छन् । दिउँसो १२ बजेदेखि पूर्व मन्त्री थापासहित सर्वसाधारणले विभागमा धर्ना गरेका हुन्।

आन्दोलनमा सहभागी सर्वसाधारणले प्लेकार्ड बोकेका छन् । प्लेकार्डमा ‘कुर्सीमाथि उठ्ने हो, बाटो बनाउन जुट्ने हो’, ‘सिंहदरबारमा आराम छ, जनताको जीवन हराम छ’, ‘सरकार र ठेकेदार, क्षतिपूर्तिको हाहाकार’, ‘घोक्रो सुकिसक्यो, अलकत्रा उप्किसक्यो, हामी क्षेत्र नम्बर ४ को सकारात्मक विचारको’, खेतमा मलको अभाव छ, बाटोमा ढलको बहाव छ’, ‘सरकारको दुराचार, क्षेत्र नम्बर ४ मा अत्याचार’ लगायत नारा लेखिएको छ ।

सडक विभागमा सडक मर्मत गरिदिन माग गर्दा १ हप्तामा गर्छौ भनेको काम १ महिनासम्म पनि नभएको सांसद थापाले गुनासो छ । ‘आजको आन्दोलन सांकेतिक धर्ना हो’ यति गर्दा पनि काम नभए सिंहदरबारभित्र मन्त्रालयमा गएर धर्ना बस्ने चेतावनि समेत दिएका छन् ।

Comments

comments