एक करोड २६ लाख नेपाली रुपैयाँ सहित पाँच जना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई शनिबार बेलुका दरबारमार्गबाट पक्राउ गरेको जनाएको छ ।

एउटा वाणिज्य बैंकको एटीएम प्रयोग गरेर उनीहरुले सो रकम निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

तर उनीहरुले एटीएम ह्याक गरेर रकम निकालेको आशंका गरिएको भए पनि पुष्टि भने हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार परिसरको टोलीले शनिबार उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानकै क्रममा रहेकाले अहिले थप कुरा भन्न नमिल्ने उनले जानकारी दिए ।

Comments

comments