एनआरएनए अन्तरास्ट्रिय समन्वय परिषदको काठमाडौँमा हुन लागेको आईसीसी सम्मेलनको मिति नजिक आउदै गर्दा विश्वका अन्य मुलुकमा यो अभियानको राष्ट्रिय परिषद्को निर्वाचनले नेपाली समाज तातेको छ भने अमेरिका क्षेत्रमा चाही काठमाडौँ सम्मेलनमा जाने प्रतिनिधि छनोटको निर्णय अन्तिम अवस्थामा पुगेकोले त्यसमा को-को पर्ने, को नपर्ने भन्ने रस्साकस्सिमा यहाका वास्तविक अभियन्ता र भलाद्मी भनाउदो वर्ग तातेको देखिन्छ। काठमाडौँमा आगामी अक्टोबर महिनामा हुन गहिरहेको विश्व सम्मेलनमा प्रतिनोधिको लागि आबेदन अत्यधिक भएर छनोट कमिटिलाइ निर्णय गर्न र अन्य समाजका अगुवा भलाद्मी भनाउदाहरुलाई आफु, आफ्नो मान्छे, आफना समर्थक, आफ्ना सस्थाका निश्चित गुट र एसम्यानहरुलाइ पार्न र परिनको लागि ठुलै जोडबल र रस्साकस्सि भित्र भित्रै चलेको बुझ्न सकिन्छ ।

हरेक व्यत्ति फरक हुन्छ, उसको समाजप्रति धारणा फरक हुन्छ, जिबन र जगतलाइ हेर्ने दृस्टीकोण फरक हुन्छ र मातृभूमि नेपाल र सारा नेपालीको सम्वृद्धिको लागि पनि हरेकको आफ्नो आफ्नो फरक दृस्टीकोण नहुने त कुरै भएन । यहि दृस्टीकोणमा भएको समानता, निकटता र फरकपनाको आधारमा र विभिन्न फरक उद्देश्यहरु तथा कार्यक्षेत्र कारण यो भूमिमा थुप्रै फरक फरक नेपाली संघ सस्थाहरु खुलेका छन् र तिनीहरुका अनगिन्ति अगुवाहरु रहेका छन् जसले समाजमा आफनै आफ्नै हिसाबले देन पुर्याइरहेका छन् ।

तथापी एनआरएनए अभियान र अन्य संघ सस्थामा फरक छ । उद्देस्य फरक छ।कार्यछेत्र फरक छ । त्यसैले प्रतिनिधि छनोटको सवालमा अन्य संघ सस्थामा गरिएको देन हैन कि यो अभियानमा गरिएको भूमिकालाइ नै आधार बनाइयोस।अभियानको क्रममा हिजो राम्रा अभ्यासहरु भएनन् भन्दैमा आज पनि गलत अभ्यासलाइ निरन्तरता दिने वा गलत संदेश जाने निर्णय गर्नेपर्छ भन्ने छैन। हिजोका अभ्यासमा देखिएका कमजोरीवाट सिकेर त्यसलाई नदोहोर्याउनु चाही सकारात्मक दिशामा जानु हो , सस्था र यसका अभियन्ताले सबैको सम्मान प्राप्त गर्ने दिशामा जानु हो ।

त्यसैले प्रतिनोधि छनोट सवालमा अन्य संघ सस्थामा गरिएको देनको आधारमा विभिन्न सस्थाहरुलाई कोटा निर्धारण गर्ने , त्यसमा बार्गेनिंग गर्ने सिलसिला चलेको हो भने यो सरासर गलत हो। एनआरएनएको सदस्यता परिचालनमामा भएको सक्रियता र भूमिका यसका मुद्दाहरुका बिषयमा सरोकार राख्ने , संलग्नता जनाउने साथै यो अभियानका अन्य गतिबिधिमा गरिएको भूमिकालाई मुख्य आधार बनाइनु पर्छ । अलि-अलि राजनीतिक भनेर आरोप लागेका संघ सस्थाहरुलाई कोटामा बार्गेनिंग गरियो भने त्यसलेएनआरएनए अभियानलाइ सकारात्मक दिशामा लादैन र सम्मेलन केवल छुट्टी मनाएर फोटो खिच्ने स्थल त्यसमा पनि अझ ‘हायात सेल्फी पार्क’ मात्र बन्ने छ । हामीलाई विश्वास छ वर्तमान कार्यसमितिमा निर्वाचित सम्पूर्ण पदाधिकारीहरु यी बिषयमा सुक्ष्म मुल्यांकन गरेर सस्थालाइ सहि दिशानिर्देश गर्न सक्षम हुनुहुन्छ ।

(लेखक भुवन अधिकारी गत निर्वाचनमा बोर्ड मेम्बरको उम्मेदवार साथै वर्तमान Foreign Employment & Migrant Workers Welfare (FEMWW) टास्क फोर्स को सदस्य हुनुहुन्छ )

Comments

comments