अमेरिकाको सिकागोमा रहेका नेपालीहरुले यो बर्षको तिज भब्यरुपमा मनाएका छन ।तिजको दर खाने दिन सेप्टेम्बर १ को दिन पारेर सिकागोमा रहेको नेपालीहरुको साझा संस्था सिकागोल्यान्ड नेपाली फ्रेन्डसीप सोसाइटीले दर खुवाउने र नाच्ने नचाउने कार्यक्रम सम्पन्न भएको हो ।

नेपालीहरुको बाक्लो बस्ती रहेको अप्टाउन स्थित आर्मोरी पार्क बिल्डिङ्ग मा आयोजित तिज गित कार्यक्रममा करिब ५०० जना भन्दा बढी महिला दिदिबहिनी तथा दाज्युभाईहरुको उपस्तिथि रहेको थियो । दिउँसो २ बजे देखि शुरु भएको दर खाने नाच्ने नचाउने कार्यक्रम सान्झ ८ बजे सम्म चलेको थियो । कुखुराको मासु, आलु बोडि तामाको तरकारी , खिर तथा पुलाउ को दर स्थानिय हिमालयन सेर्पा किचनको मीठो खाना उपलब्ध गराएको थियो ।

संस्थाको महिला बिभाग द्वारा आयोजित तिज कार्यक्रमको अध्यक्षता कार्यसमिति सद्स्य तथा महिला बिभाग प्रमुख त्रिपूरा सुन्दरी पौडेलले गर्नु भएको थियो भने स्वागत मन्तब्य सन्स्थाकी कोशाध्यक्ष मेनुका थारुले गर्नु भएको थियो ।सामाजिक अभियन्ता कबिता नेपालले सन्चालन गरेको कार्यक्रममा सन्स्थाका सभापति टेकराज पौडेल नेपाल सरकारका बाणिज्य दुत मार्भिन ब्रोस्टिन एन आर एन अमेरिकाका बोर्ड अफ डैरेक्टर सत्य नारायण चौधरी पुर्व साम्सद रामकुमार ज्ञवाली, एन आर एन इलिनोइज च्यापटरका सभापती ललन देब डिसि , सिकागो साहित्य समाजका सभापति बिश्ना बिरही, एसियन काउन्सिलका सद्स्य जितु राण।, सन्स्थाका सल्लाहकार ज्यु लगायतका महानुभाबहरुको शुभकामना रहेको थियो ।दिदिबहिनीहरु करिब ५ घन्टा सम्म अनबरत रुपमा नाचेका थिए ।छोरा छोरी भेट्न नेपाल देखि सिकागो आएका अभिभावकहरुको भनाइ थियो कि यति रमाइलो त नेपालमा पनि हुन्न अभिभावकहरुको सन्ख्या पनि ६० जना भन्दा बढी रहेको थियो ।

सन्स्थाका महासचिब शिबराज अधिकारीले उपस्थित सबै सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।कार्यक्रमलाई ब्यबस्थापन गर्नको लागि खेम पन्थी:, गोपिचन्द्र भुसाल, गोपाल जिसि, मीन दर्लामी , मधु सागर पौडेल ,घनश्याम भट्टराई ,नारायण खड्का सुमन श्रेष्ठ ,पदम राना ,जितु राण।, दिप नारायण अर्याल लगायत एक दर्जन सहयोगी मित्रहरुको सकृय योगदान रहेको थियो । डिजे र म्युजिक सिस्टममा ललन देब र लक्षमन नेउपानेले गर्नु भएको थियो ।

Comments

comments