नेपाली मुलका दिवेश पोखरेल अमेरिकन आईडलको शिर्ष २० मा पुग्न सफल भएका छन् । अमेरिकन आईडलको आइडलको १८ औं संस्करण मा अत्याधिक चर्चाका रहेका नेपाली युवा दिवेश सोमबार सार्वजनिक टप २० को सुचिमा पर्न सफल भएका हुन् ।
आर्थर गन नामबाट समेत परिचित २१ बर्षिय दिवेशलाई अमेरिकन आइडलको शीर्ष २० प्रतिस्पर्धी घोषणा गर्नुअघि निर्णायक मण्डलमध्येका एक लियोनेल रिचीले उनलाई आफ्ना सबै प्रतिस्पर्धी मध्ये सबैभन्दा युनिक प्रतिस्पर्धीको उपमा दिएका थिए । रिचीले दिवेशको प्रशंसा गर्दै पहिलो पटक दिवेश अमेरिकन आईडलको स्टेजमा आउँदा उनिप्रतिको अपेक्षा अन्यौलमा भएपनि उनले गाउन सुरु गर्नासाथ नै सबैको मन जितेको स्मरण गरे ।
आफ्नो परिवार सहित अमेरिकन आईडलको स्टेजमा पुगेका दिवेशले बब मार्लीको ‘इज दिस लभ’ बोलको गीतमा आफ्नो प्रस्तुती दिएका थिए । आफू अमेरिकन आइडलको शीर्ष २० मा छानिँदा अत्यन्त खुसी महशुष भएको बताएका दिवेशप्रति विश्व भरका नेपाली र सिंगो अमेरिकी सांगीतिक क्षेत्रले अपेक्षा गरेको छ ।
प्रतिक्रिया