हेटौँडा अस्पतालको अर्को वितण्डा : म्याद सकिएको औषधी विरामीलाई खुवाईयो

10

हेटौँडा : हेटौँडा अस्पतालको एकपछि अर्को लापरबाहीको घटनाहरु सार्वजनिक हुँदै आएको छ । कहिले सुत्केरी महिलाको योनिमा प्याड राखेर सिलाउने अनि पिसाव रोकिएको औषधि खुवाउने, कहिले एउटा विरामीको नाम भन्दा भन्दै पनि केहि हुँदैन भनेर फेरिदिने, कहिले विरामीलाई अपशब्द प्रयोग गर्न अस्पतालका डाक्टरनै तम्सिने लगाएतको विषयले अस्पताल बदनाम हुँदै आएको छ ।

त्यसै क्रममा हेटौँडा अस्पतालमा अर्को चरम लापरबाहीको घटना सार्वजनिक भएको छ । अस्पतालले ४ महिनाअघिनै म्याद सकिएको औषधी विरामीलाई खुवाउँदै आएको तथ्य फेला परेको छ । म्याद सकिएको औषधीले बिरामीको ज्यान नै जानेसम्मको खतरा हुँदाहँुदै पनि अस्पतालले लापरबाही गर्दा विरामीको ज्यान नै जोखिममा परेको हो ।

हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ का विमल रेग्मीलाई पाँचदिनसम्म म्याद नाघेको औँषधी खुवाएर अस्पतालले उनको ज्यान जोखिममा पारेको हो । गत भदौ १३ गते अस्पताल भर्ना भएका रेग्मीको उपचारमा संलग्न भएका डाक्टर तथा नर्सहरुले औषधीको मिति जस्तो अति संवेदनशील विषयलाई वास्ता नगर्दा उनीमा थप समस्या देखिको पारिवारिक श्रोतको भनाई छ । अस्पताल भर्ना हुँदा छालाको समस्या नभएको भएपनि हाल डाबर देखा पर्न थालेको र त्यो म्याद नाघेको औषधीको कारण हुनसक्ने परिबारको एक सदस्यले बताए ।

आफुहरुले यसबारे अस्पताल प्रशासनसँग कुरा गर्दा अस्पताल प्रशासनले आफुहरुसँग गैरजिम्मेवारी तबरले कुरा गरेको परिवारका सदस्यहरुको भनाई रहेको छ । यता अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले भने यो गम्भिर विषय भएको र यसको छानविन गरि दोषिमाथि कारबाही गरिने बताए । खबरब्रेकलाई प्रतिक्रिया दिँदै उनले अस्पतालमा यस्तो घटना हुनु निकै गम्भिर विषय भएको समेत दाबी गरे ।

Comments

comments