प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए

9

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी आज स्वदेश फर्किएका छन् । उनी थाई एयरवेजबाट अपरान्ह साढ १२ बजे स्वदेश फर्किएका हुन् ।

मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनी यही भदौ ५ गते त्यसतर्फ सिङ्गापुर गएका थिए । उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो ।

उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत पनि स्वदेश फर्किएका छन् ।

Comments

comments