अमेरिकाको टेक्ससमा निर्माणधिन श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर परियोजना सफल पार्न कोष संकलन तथा संस्थापक सदस्यको योगदानको कदर स्वरुप प्रशंसा कार्यक्रम हुने भएको छ । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) द्वारा निर्माण हुँदै गरेको यस नेपाली मन्दिरको निर्माण सहयोगार्थ आज सेप्टेम्बर ७ तारिख, शनिबारका दिन DFW Airport Hotel 4440 W Airport Fwy, Irving मा कोष संकलन तथा सम्मान कार्यक्रम हुने भएको हो ।

फोर्टवर्थ मेट्रोप्लेक्सबासी नेपाली समुदायको साझा संस्थाका रुपमा सक्रिय (NCSC) ले यस कार्यक्रमबारे जारि गरेको वक्तब्यमा नेपाली संस्कार, सभ्यता, संस्कृति एवं पहिचानको सम्बर्धन एवं संरक्षण गर्ने यस सामुहिक अभियानमा नैतिक एवं आर्थिक सहयोग गरि महान अभियानको एक हिस्सा बन्नका लागि सम्पुर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ ।

आज साँझ ६ बजेबाट सुरु हुने यस कार्यक्रममा संस्थापक सदस्य, बोर्ड अफ ट्रस्टी र यस अभियानमा जोडिन चाहने ब्यक्तीहरुलाई दम्पती सहित कार्यक्रममा उपस्थित हुन पनि आयोजक संस्थाले अनुरोध गरेको छ ।
्र

 

 

Comments

comments