गायक यस डि योगीको नयाँ गीत सार्वजनिक भएको छ । राम अविरल बिष्टको शब्द र गायक स्वयंको संगीत रहेको आँखा लाउन गीत गायक योगी र मेलिना राईको आवाजमा भिडियो सहित सार्वजनिक भएको छ ।

रिकेश गुरुङको संगीत संयोजन रहेको आँखा लाउन को भिडियोमा नायिका मरिष्का पोखरेल, अजय पुन, आर्जेश रेग्मी र सञ्जित प्रताप मल्लको अभिनय रहेको छ ।

मणिराज पौडेलको निर्देशनमा निर्माण भएको भिडियोलाई बिसाल प्रजापतीले छायांकन गरेका हुन् भने सम्पादन बिष्णु गौतमको रहेको छ ।

 

Comments

comments