अमेरिकाको टेक्ससमा निर्माणधिन श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर परियोजना सफल पार्न कोष संकलन तथा संस्थापक सदस्यको योगदानको कदरको प्रशंसा स्वरुप आयोजना गरिएको कार्यक्रम सम्पन्न भएको छ । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को पहलमा निर्माण हुँदै गरेको यस नेपाली मन्दिरको निर्माण सहयोगार्थ सेप्टेम्बर ७ तारिख, शनिबारका दिन DFW Airport Hotel 4440 W Airport Fwy, Irving मा कोष संकलन तथा सम्मान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको हो ।

फोर्टवर्थ मेट्रोप्लेक्सबासी नेपाली समुदायको साझा संस्थाका रुपमा सक्रिय (NCSC) ले यस कार्यक्रमबारे जारि गरेको वक्तब्यमा नेपाली संस्कार, सभ्यता, संस्कृति एवं पहिचानको सम्बर्धन एवं संरक्षण गर्ने यस सामुहिक अभियानमा जोडिएका सबै नेपाली मनलाई धन्यवाद ज्ञापन गरेको छ ।

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को प्रेश वक्तव्य

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र(NCSC) को Euless Mega Project को लागि संचालित अर्थ संकलन तथा विभिन्न सदश्यहरूको सम्मानार्थ गएको शनिबार भएको कार्यक्रममा उपस्थित जनाई आ-आफ्ना ठाउँबाट सहयोग गर्नु हुने सम्पूर्ण दाजुभाई तथा दिदीवहिनीहरूमा NCSC का तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहान्छौं ।

Euless project को सहयोगार्थ २०१९ मा भएका ४ वटा भिन्न-भिन्नै अर्थ संकलनका लागि आयोजित रात्रि-भोजहरूका माधयमबाट मात्रै हाल सम्म हामीले करिब ९ लाख डलर संकलन गर्न सफल भैसकेका छौं भने करिब दुई सय महानुभावहरूबाट NCSC को संस्थापक सदस्य बन्ने बचन प्राप्त गरेका छौं ।

Euless Mega Project का लागि अर्थ संकलन शुरू भए पश्चात ८ महिनामा मात्र १२ जना संरक्षक, ६५ जना Trustee एवं ५० जना संस्थापक सदस्य थपिनुले NCSC कार्य समिति एवं Board of Trustee मा झन उत्साह थपिएको छ ।

अर्थसंकलनको यो महाअभियानमा हामिलाई बिश्वास गरेर सहयोग गर्नुहुने सम्पुर्ण दानबिर दाताहरूलाई हामि नमन गर्न चाहान्छौं ।

यो अभियानमा हामिलाई सधै हौसला बढाउने, प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पुर्ण अग्रजहरू, कार्य समिति एवं BoTका सहकर्मी साथिहरू साथै सम्पुर्ण स्वयंसेवक साथिहरू प्रति मुरि मुरि धन्यबाद एवं आभार प्रकट गर्न चाहान्छौ !
साथै, अर्थ संकलनको यो अभियान जारी नै रहेको जानकारि गरॉंउदै हाम्रो संस्कार, संस्कृति, सभ्यता र पहिचान संरक्षण गर्ने यो महा अभियानमा सहयोग पुर्याउनु हुन DFW Metroplex निबासि सम्पुर्ण दाजुभाई तथा दिदिबहिनीहरू समक्ष हार्दिक अनुरोध गर्दछौं !

ॐ नम: शिबाय 🙏

सुरेश पोख्रेल, अध्यक्ष, कार्यकारिणी समिति
बिनय अर्याल, अध्यक्ष, BoT
कृष्ण लामिछाने, संयोजक -अर्थ संकलन समिति

Comments

comments