आदरणीय गैर आवासीय नेपाली आमा – बुबा, दाजु – भाई तथा दिदि – बहिनी सम्पूर्णमा नमस्कार ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को विश्व सम्मेलन आउँदो अक्टुबर १५ देखि १८ सम्म काठमाण्डौंमा हुदैंछ । त्यस सम्मेलनले गैर आवासीय नेपाली संघको नया नेतृत्व समेत चुन्नेछ ।
यसै सन्दर्भमा गैर आवासीय नेपाली संघको अमेरिकाज क्षेत्र अन्तर्गत क्षेत्रीय उप संयोजक पदको उम्मेद्वार बन्ने तयारीका साथ म अघि बढेको यहाहरुलाई जानकारी गराउँदैं मेरो यात्रामा यहाहरुको साथ, सहयोग, सहकार्य र सुझाव प्राप्त हुने नैं छ भन्नेमा म विश्वस्त छु ।
कर्मभुमी अमेरिकामा समेत विभिन्न सामाजिक संघ संस्थामार्फत सामाजिक सेवा सक्रिय रहँदैं आएको यहाहरुलाई जानकारी रहेकै छ । अमेरिकामा नेपालीहरुको पहिलो लायन्स क्लबको रुपमा रहेको डलास एभरेष्ट लायन्स क्लबको अध्यक्ष तथा नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गर्दै अगाडि बढ्ने क्रममा यस गैर आवासीय नेपाली संघको वर्ष २०१५/ १७ को लागि उपाध्यक्ष भएर तपाईहरुले सेवा गर्ने अवसर दिनुभएको थियो त्यसमा मैले आफ्नो दक्षताले भ्याएसम्म निष्ठा पूर्वक कार्य गरेको थिए भन्ने मलाई लाग्दछ ।
गैर आवासीय नेपाली संघ अमेरिकामा विस्तार हुदैं गरेको प्रारम्भिक समय देखिनैं मैले यस अभियानमा जोडिएर अगाडि बढ्ने मौका पाएको थिए । यसले पनि मलाई धेरैं कुरा सिक्ने अवसर मात्र दिएन अनुभव बटुल्ने मौका पनि दियो र त्यही सिकेको ज्ञान र अनुभवलाई लिएर एनआरएनए अमेरिकाको उपाध्यक्ष रहँदा पदीय भूमिका अनुरुप केही महत्वपूर्ण कार्यहरु गर्न सकेको थिए, त्यो कार्यलाई तपाईहरुले सकारात्मक रुपमा लिनुभएको थियो ।
एनआरएनएको अभियानमा जोडिएदेखि अविछिन्न रुपमा पदमा हुदा होस् वा नहुँदा म निरन्तर लागिरहेको छु जसले मलाई एनआरएनए मुभमेन्टसँग कसेर राखेको छ । कतिपय अवस्थामा आफूलाई भन्दा संस्थालाई बलियो र एकताबद्व बनाउनुपर्दछ भन्ने मान्यता राखेर आफूलाई त्यही अनुरुप ढालेको बारे समेत यहाहरु जानकार नैं हुनुहुन्छ ।
एनआरएनए अभियानमा लागिरहँदा अवको यात्रा एनआरएनए आइसिसीको अमेरिकाज क्षेत्र अन्तर्गत क्षेत्रीय उपसंयोजक पदवाट अगाडी बढाउने गरी अघि बढेको छु । मेरो यस यात्रामा तपाईहरुवाट पूर्ण सहयोग रहनेनैं छ भन्नेमा म ढुक्क रहेको छ ।
मैले आफ्नो उम्मेद्वारी दावी गरिरहदा त्यो पदको जिम्मेवारीमा न्याय गर्न सकेको भविष्यमा कामद्धारा पुष्टि गराउने समेत प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । चुनावी अभियान अघि बढिरहँदा मेरा योजनाहरु तपाईहरुलाई जानकारी गराउने नैं छु ।
मुख्यत: राष्ट्रिय समन्वय परिषद् र आइसिसीका विचमा विधानले तोकेको कार्यक्षेत्रमा रही समन्वयकारी भूमिका खेल्ने तर्फ मेरो जोड रहनेछ । अमेरिकाज क्षेत्र भित्र पर्ने राष्ट्र हरु मध्ये नेपाली त्यहा भएर पनि एनआरएनएका गतिविधि हुन नसकीरहेका राष्ट्रहरुमा एनआरएनहरुलाई संगठित गराउँदैं राष्ट्रिय समन्वय परिषद् खोल्ने तर्फ मेरो जोड रहनेछ । एनआरएनएको मुभमेण्टमा महत्वपूर्ण भूमिका खेलिरहेको अमेरिका र क्यानडाको एनआरएनए एनसिसीमा एनआरएनहरुलाई बढी भन्दा बढी संगठित गर्न राष्ट्रिय समन्वय परिषद्सग मिलेर कामहरु गर्ने तर्फ मेरो ध्यान जानेछ । र अर्को महत्वपूर्ण कार्यको रुपमा अमेरिकाज क्षेत्र भित्र रहेका राष्ट्रहरुमा बस्ने नेपालीलाई पर्ने समस्याको समाधानका लागि राष्ट्रिय समन्वय परिषद् भएका राष्ट्रको हकमा एनसीसी मार्फत र नभएका राष्ट्रमा आइसीसीको समन्वयमा काम गर्नेछु । यी र यस्ता धेरैं कामहरु गर्ने तर्फ मेरो सक्रियता रहनेछ । र तपाईहरु सँगैं रहेर काम हरु गर्दै जानेछु ।
र अन्त्यमा मेरो यात्रामा तपाईहरुको साथ, सहयोग, सल्लाह र सहकार्य हुने कुरामा पूर्ण विश्वस्त रहेको छु ।

राम सी पोखरेल
उप–संयोजक पदको उम्मेद्वार
गैर आवासीय नेपाली संघ, अमेरिकाज क्षेत्र

Comments

comments