एनआरएन अमेरिकाका लागि आईसीसी क्षेत्रिय संयोजक गौरी राज जोशीले गैर आवासीय नेपाली संघ एनआरएन का लागि १ करोड सहयोग रकम प्रदान गरेका छन् । एनआरएनको आईसीसी निर्वाचनमा सचिव पदमा उमेद्वारी दिदै गरेका जोसीले संस्थाको सहयोगार्थ १ करोड रकम प्रदान गरेका हुन् ।

संघका अध्यक्ष भवन भट्टले संस्थालाई सहयोग गर्न सार्वजनिक आह्वान गरेका थिए । सो आह्वान अनुरुप संयोजक जोसीले रकम सहयोग गरेका हुन् ।

बिगत २ दशक देखी अमेरिकामा रहँदै आएका जोसी पेसाले आईटी ब्यवसायि हुन् । लमजुङको सामान्य परिवारमा जन्मेका जोसीले अमेरिकामा हजारौंको संख्यामा नेपालीलाई रोजगारी दिएका छन् । सामाजिक कार्यका क्रियाशिल रहँदै आएका उनिप्रति नेपाली समुदायको दृष्टीकोण सकारात्मक रहेको पाईन्छ ।

 

Comments

comments