नेपाली ढाका ब्यबसायी कल्पना लिम्बु योङहाङ सम्मानीत

14

काठमाडौँ : प्रतिष्ठित महिला उद्दमी तथा ढाकाविद कल्पना लिम्बू योङहाङ ‘औद्योगिक शान्ति नेपाल महिला उद्योमी सम्मान–२०७६’द्वारा सम्मानीत भएकी छन् । द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिककी सञ्चालक एवं फेसन डिजाइनर कल्पना बुधबार राजधानीमा आयोजित एक समारोहमा सम्मानीत भएकी हुन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड–२०७६’मा आयोजकले ढाका उद्योमी कल्पनालाई सम्मान गरेको हो । बिगत लामो समय देखि नेपाली कला पहिचान तथा सस्कृतिलाइ अन्तराष्ट्रिय स्तरमा पुर्याई विश्वसामु नेपाली ढाकालाइ परिचित गराउन सफल उद्दमी कल्पना लिम्बू योङहाङको उच्च कदर गर्दै सम्मान प्रदान गरिएको थियो ।

उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री माधव नेपालले सम्मान प्रदान गरेका थिए ।
नेपाली ढाका कपढाको उत्पादन तथा बजार प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएकाले कल्पनालाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

बिसेष अतिथिहरु पूर्व मन्त्रि तथा बरिष्ट गीतकार एस पी कोइरालाज्यु, चलचित्र बिकाश बोर्डका अधक्ष्य केशब भट्टराईज्यु, नेकपाका नेता घनश्याम भुसालज्यु, नेपाल सास्कृतिक संघका सभापति तिर्थ थापाज्यु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वरिष्ठ संगीतकार तथा ड्रम वादक देव रानालाई रु १५ हजारसहित ‘लाइभटाइम एचिभमेन्ट’ प्रदान गरिएको छ त्यसैगरी रजत सम्मानमा बरिष्ट संगीतकार राजु सिंह र पत्रकारिता बिसेष सम्मानमा बरिष्ट पत्रकार हरिहर बिरहीलाइ सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रमा आफ्नो क्षेत्रबाट अतुलनीय योगदान गर्ने स्रष्टा र प्रतिभाहरुलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

Comments

comments