समाजसेवी छिरिङ डोल्मा शेर्पा सम्मानित

23

काठमाडौँ : समाजसेवी, मिसेस नेपाल टुरिजम २०१९ कि बिजेता तथा मायाकुञ्जकी प्रिन्सिपल छिरिङ डोल्मा शेर्पा सम्मानित भएकी छिन । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड–२०७६’मा आयोजक समितिले समाजसेवी छिरिङ डोल्मा शेर्पालाई सम्मान गरेको हो । बिगत लामो समय देखि समाजमा भएको बिकृतिहरुको चिरफार गर्दै सामाजिक कार्यमा हातेमालो गर्दै अगाडि बढेकी तथा पर्यटनको माध्यम मार्फत नेपाली कला पहिचान तथा सस्कृतिलाइ अन्तराष्ट्रिय स्तरमा पुर्याई विश्वसामु नेपाललाइ परिचित गराउन सफल समाजसेवी छिरिङ डोल्मा शेर्पाको उच्च कदर गर्दै सम्मान प्रदान गरिएको थियो ।

उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री माधव नेपालले सम्मान प्रदान गरेका थिए । समाजसेवा तथा नेपालको पर्यटन क्षेत्रलाइ विश्वबजारमा प्रवद्र्धन गर्न उल्लेखनीय योगदान पुर्याएकाले छिरिङलाई सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।

उक्त अवार्ड कार्यक्रममा बिसेष अतिथिहरु पूर्व मन्त्रि तथा बरिष्ट गीतकार एस पी कोइरालाज्यु, चलचित्र बिकाश बोर्डका अधक्ष्य केशब भट्टराईज्यु, नेकपाका नेता घनश्याम भुसालज्यु, नेपाल सास्कृतिक संघका सभापति तिर्थ थापाज्यु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वरिष्ठ संगीतकार तथा ड्रम वादक देव रानालाई रु १५ हजारसहित ‘लाइभटाइम एचिभमेन्ट’ प्रदान गरिएको छ त्यसैगरी रजत सम्मानमा बरिष्ट संगीतकार राजु सिंह र पत्रकारिता बिसेष सम्मानमा बरिष्ट पत्रकार हरिहर बिरहीलाइ सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रमा आफ्नो क्षेत्रबाट अतुलनीय योगदान गर्ने स्रष्टा र प्रतिभाहरुलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

Comments

comments