आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौंमा हुन गैरहेको एनआरएन आईसीसी निर्वाचनमा महिला संयोजक पदका लागि संगीता मरहट्टाले आफ्नो उमेद्वारी घोषणा गरेकी छन् । वर्तमान युरोप क्षेत्रीय महिला उपसंयोजक रहेकी संचारकर्मी,सामाजिक अभियन्ता तथा ब्यवसायि मरहट्टाले आईसीसी निर्वाचन २०१९ ०२१ का लागि आफ्ना मुख्य प्रतिवद्धता सहित आफ्नो उमेद्वारी सार्वजनिक गरेकी हुन् ।

हाल लण्डनमा रहँदै मरहट्टाले आएकी लण्डनमा रहेर बिबिसी नेपाली सेवामा लामो समय काम गरेकी थिईन् भने त्यस अघि दक्षिण एशिया कै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथा लगायत बिभिन्न छापा पत्रकारिता कुशल पत्रकारको छवि बनाईसकेकी छन् ।

एनआरएन भित्र महिलाहरुको सशक्त उपस्थिति रहनु पर्ने तथा डायस्पोरामा रहेका महिलाहरुको ज्ञान, सीप र अनुभव समेतलाई समेटेर महिलाहरुको आर्थिक स्वाबलम्बन, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा एनआरएनए महिला फोरम मार्फत विविध योजनाहरु समेटेर पारदर्शी र महिलामैत्री एनआरएए निर्माणको योजना बोकेर चुनावी मैदानमा उत्रिएकी मरहट्टा सक्रिय सामाजिक अभियन्ता पनि हुन् । बर्तमान अवस्थाको एनआरएनए निर्माणमा महिलाहरुको पनि अहम् भुमिका रहेको बताउने उनि आफ्नो सञ्चारकर्म, सामाजिक सेवाभाव र ब्यवसायबाट प्राप्त ज्ञान र अनुभव बोकेकी बलियो उमेद्वार हुन् । त्यस कारण पनि उनको उमेद्वारीलाई लिएर मतदाता र आम नेपाली समुदाय अत्यन्त सकारात्मक रहेको पाईएको छ ।

महिलाहरुलाई स्वाभलम्बी, आत्मनिर्भर र उद्यमशील बन्न संधै प्रेरित गर्दै आएकी मरहट्टा आफु निर्वाचित भएको खण्डमा प्रवासी नेपाली महिलाहरुको हक हित र उन्नतीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउँछिन् । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक गरेकी मरहट्टाले बेलायतको थमसन फाउन्डेशनबाट उच्च शिक्षा छात्रवृत्ति अन्तर्गत प्रसारण पत्रकारितामा स्नातक र बेलायतकै प्रतिष्ठित वेष्टमिनिष्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी छिन् ।

सन् २०११ मा एनआरएनए युकेको कार्यकारी सदस्य तथा महिला संयोजकको भुमिकाबाट औपचारिक रुपमा एनआरएनएसंग आबद्ध भएकी उनी लण्डनमा रहेपनि नेपाली पत्रकारितासंग निरन्तर जोडिएकी पत्रकार हुन् । सेतोपाटी डट कमको स्तम्भकारका रुपमा समेत रहेकी मरहट्टाका देशको बर्तमान अवस्थासंग जोडिएका बिभिन्न बिषयमा बिभिन्न पत्रपत्रिकामा कलम चलाउँदै आएकी छन् ।

लण्डनमा एक सफल व्यवसायीको रुपमा परिचित उनले एनआरएनए युकेको महिला संयोजक रहेका समयमा उनकै पहलमा एनआरएनए युकेमा पहिलोपटक नारी दिवस मनाउने परम्पराको शुरुवात भएको थियो जसको फलस्वरुप आजका दिन सम्म आईपुग्दा यहि पदचाप अनुरुप लण्डनमा अन्य  नेपाली संघ संस्थाहरुमा महिलाहरुको सहभागीता र नारी दिवस मनाउने प्रचलनको सुरुवात र निरन्तरता रहँदै आएको छ । सोहि कार्यकालमा एनआरएनए युकेले जुम्लाको मितेरी बर्थिड्ढ सेन्टर स्थापना गर्न आर्थिक सहयोग गरेको थियो ।

सन् २०१३-२०१५ को एनआरएनए युकेको निर्वाचनमा सचिव पदमा निर्वाचित उनिले यो कार्यकालका समय पनि नारी दिवस कार्यक्रम, काउन्सिल बैठक, च्यारिटि डिनर लगायतका कार्यक्रमको संयोजन गरी त्यसलाई सफल रुपमा सम्पन्न गरेकी थिइन् भने सन् २०१५ देखि २०१७ को कार्यकालमा आइसिसि सदस्य रहेकी मरहट्टा एनआरएनए आइसिसिको मिडिया उप संयोजकका रुपमा रहँदा एनआरएनए सम्बन्धि समाचारहरु लेखन तथा सम्पादन लगायत मिडियाकर्मीहरु संग सम्बन्ध बिस्तारका लागि महत्वपूर्ण सेतुका रुपमा खडा भएकी थिईन् ।

मरहट्टाकै संयोजनमा एनआरएनए युकेको इतिहासमा पहिलोपटक ”एनआरएन पत्र” नामक न्युज लेटरको सुरुवात भएको थियो भने आफ्नो पदिय जिम्मेवारीका शिलशिलामा बिभिन्न देशहरुको भ्रमण गरेकी उनी सन् २०१४ मा जापानमा भएको सम्मेलनमा बेलायतबाट प्रतिनिधित्व गर्ने एकमात्र महिला थिईन् ।

सन् २०१५ देखि २०१७ को कार्यकालमा आइसिसि सदस्य रहेकी मरहट्टा एनआरएनए आइसिसिको मिडिया उपसंयोजकका रुपमा चुनिएकी थिईन् । सो कार्यकालमा लक्जेम्बर्ग तथा इटालीमा क्षेत्रीय महिला भेलाहरु सम्पन्न गरेको अनुभवले उनि एनआरएनए र महिला शशक्तीकरण अभियानकी कुशल नेतृत्व क्षमता राख्ने महिलाका रुपमा परिचित छन् ।

Comments

comments