नेपाली संगीत क्षेत्रका चर्चित जोडी गायक तथा संगीतकार कन्हैया सिंह र गायिका अन्जना गुरुङको नयाँ गीत ठ्याक्कै भेटौंला सार्वजनिक भएको छ । प्रकाश केसीको शब्द र सन्तोष श्रेष्ठको संगीतमा रहेको यो गीत गायक कन्हैया र गायिका अन्जनाकी आफ्नै छोरी अपेक्षा सिंहको अभिनयमा सार्वजनिक भएको हो ।

मिठास-३ एल्वममा समाविष्ट यस गीतमा कृष्ण बिके भान्जाको संगीत संयोजन रहेको छ । गीतमाथी बनेको भिडियोमा अपेक्षाको जेम्स बिसीको अभिनय रहेको छ । लोक आधुनिक रंगमा रहेको यस गीतको भिडियोलाई स्मृती तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् ।

गुरुआमा फिल्मस् प्रालीको पोष्ट प्रोडक्सनमा बजारमा आएको भिडियोलाई सुरेस श्रेष्ठले छायांकन गरेका हुन् भने सम्पादन प्रकाश धमलाले गरेका हुन् ।

नेपाली सांगीतिक क्षेत्रको सदाबाहार देशभक्ती गीत आँखैमा राख्छु मेरो देश आफ्नै शब्द, संगीत र स्वरमा २०५६ सालमा रेकर्ड गराएर संगीत क्षेत्रमा औपचारिक प्रवेश गरेकी गायिका अन्जना गुरुङले आधुनिक, लोक, चलचित्रका सबैखाले हजारौं गीतमा आवाज दिएकी छन् । चर्चित गायक तथा संगीतकार कन्हैया सिंहसंग बिवाह गरेकी गायिका गुरुङको २ दशक लामो सांगीतिक यात्रामा उनि नयाँ पुराना सबै संगीतकर्मी र स्रोता\दर्शकमाझ लोकप्रिय छिन् ।

Comments

comments