सर्वोत्कृष्ट कल्चरल गीत बाट अवार्ड हात पार्न सफल भए गायक रुद्र सेन विश्वकर्मा

27

काठमाडौँ : सुमधुर आवाजका धनि रुद्रसेन बिश्वकर्माले ‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड –२०७६’ मा सर्वोत्कृष्ट कल्चरल गीत-२०७६ बाट अवार्ड जित्न सफल भएका छन् । भोजपुरी, मैथिली तथा नेपाली गीति विधामा छुट्टै पहिचान बनाउन सफल गायक रुद्रसेन बिश्वकर्मा दर्जनौ गीतहरुमा सुमधुर स्वर भरेर चर्चा बटुलेका छन् । कल्चरल गीतको विधा मार्फत उनले सर्वोत्कृष्ट कल्चरल गीत-२०७६ को अवार्ड पाउन सफल भएका थिए ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड–२०७६’मा सम्पन्न भएको अवार्ड कार्यक्रममा सयौको संख्यामा गायक गायिका तथा कलाकारहरुको उपस्थिति रहेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री माधव नेपालको प्रमुख आतिथ्यतामा बिसेष अतिथिहरु पूर्व मन्त्रि तथा बरिष्ट गीतकार एस पी कोइराला, चलचित्र बिकाश बोर्डका अधक्ष्य केशब भट्टराई, नेकपाका नेता घनश्याम भुसाल, नेपाल सास्कृतिक संघका सभापति तिर्थ थापा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वरिष्ठ संगीतकार तथा ड्रम वादक देव रानालाई रु १५ हजारसहित ‘लाइभटाइम एचिभमेन्ट’ प्रदान गरिएको छ त्यसैगरी रजत सम्मानमा बरिष्ट संगीतकार राजु सिंह र पत्रकारिता बिसेष सम्मानमा बरिष्ट पत्रकार हरिहर बिरहीलाइ सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रमा आफ्नो क्षेत्रबाट अतुलनीय योगदान गर्ने स्रष्टा र प्रतिभाहरुलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

Comments

comments