केदार बरुवालको ” मन छोडी”मा आकाश र सृष्टिको अभिनय

30

काठमाडौँ : गायक केदार बरुवाल छेत्रीको आवाजमा रहेको नया गीत “मन छोडी हिडे स्वदेशमा “को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रबि मल्लको शब्द रचना अनि संगीतकार कल्याण सिंहको संगीत रहेको यस गीतमा दिनेश श्रेष्ठको एरेन्ज रहेको छ । सार्वजनिक यस गीतमा अहिलेका चर्चित कलाकारहरुमा नायक आकाश श्रेष्ठ र मोडल सृष्टि खड्काको अभिनय रहेको छ ।

नवराज उप्रेतीको छायांकन रहेको यस गीतको म्युजिक भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन। अहिले नेपालीहरुको बिदेशको पीडा बोकेको समसामयिक कथालाई निकै कलात्मक तरिकाले अहिलेका चर्चित गायक तथा म्युजिक भिडियो निर्देशक सशान कंडेलले भिडियोमा उतार्न सफल भएका छन ।

Comments

comments