बर्षायाम संगै आएको बाढी पहिरोका कारण तनहुँमा १ सय ५६ घरपरिवार विस्थापित भएका छन् । तनहुँमा चार नगरपालिका र ६ गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका, व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका १ सय ५६ घरपरिवार विस्थापित भएका हुन् ।
बिस्थापित परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानन्तरण गरिएको छ । घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवारललाई सुरक्षित स्थानमा स्थानन्तरण गरिएको हो ।
प्रतिक्रिया