चर्चित फेसन डिजाईनर काजल शर्माले अनाथालयमा मनाइन जन्मदिन

16

काठमाडौँ : ललितपुरको कुपण्डोलस्थित काजल क्रिएसनकि संचालिका चर्चित फेसन डिजाईनर काजल शर्माले आफ्नो जन्मदिन अनाथालयमा मनाएकी छिन । श्री जना उद्धार सेवा समिति टेकुमा आश्रित अनाथ बच्चाहरु संग उनले जन्मदिनको खुसि साटा-साट गरेकी हुन् । उक्त अवसरमा सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै गरेकी समाजसेवी तथा फेशन डिजाईनर काजल शर्माले आश्रित बालबालिकाहरुको लागि सहयोग समेत प्रदान गरेकी थिइन् ।

काजल क्रियसन बुटिककि सञ्चालिका काजल शर्मा बिगत एक दशकदेखि फेसन डिजाइन पेसामा छिन् । काजल क्रियसन बुटिकले नेपाल देखि युरोपसम्म आफ्नो संजाल फैलाउदै गएको छl विश्व भरिनै अहिले उनले डिजाइन गरेको ड्रेसहरुको माग बढ्दै गएको छ l छोटो समयमा नै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काजल क्रियसन सेलेब्रेटिदेखि सर्बसाधारणहरुको रोजाइमा पर्न सफल भएको छl

विभिन्न चलचित्र देखि म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, व्यवसायीहरु तथा सर्ब साधारणहरु को समेत ड्रेस डिजाइन गरेर काजल क्रिएशनले ख्याति कमाएको छ। नेपालमा फेसनप्रतिको सोच बिस्तारै परिबर्तन भएको र जीवनशैलीमा परिवर्तन आएको उनी बताउँछिन् । फेसनप्रतिको सोचमा फरकपन आएको भएरनै फेसन समय साथमा परिवर्तनशील छ । समय अनुसार हरेक प्राणीले आफ्नो दैनिक आवश्यकता अनुसारको जीवन शैली अपनाइरहेका हुन्छन् । मानिसहरु पनि समयको गति सँग सँगै नयाँ सोचहरुको बिकास गरी जीवन शैली सहज बनाउन बिभिन्न आविस्कारहरु गरी नै रहेका छन् । जमाना देखि अहिलेको अति आधुनिक युगसम्म पनि मानिसहरुको फरक तथा नयाँ ढाँचाको सोचका कारण जीवन शैलीमा परिवर्तन भई सहज जीवन यापन गरी रहेको अवस्था छ । त्यसैले उनि भन्छिन हरेकलाई अरु भन्दा फरक र राम्रो बनौँ भन्ने चाहना हुन्छ । त्यसै अनुरुप आफ्नो ग्राहकहरुको मागलाई ध्यान दिदै सेवा प्रदान गर्नु पर्छ l

नेपालमा मोडलिङ, र फेसन डिजाइनिङलाई एउटै आँखाले हेर्ने पुरातन सोच रहेको बताउँदै उनी दुई फरक तर एक अर्काको परिपूरक विधा भएको बताउँछन् । ‘फेसन भन्ने वित्तिकै मोडलिङ या ग्ल्यामरस फिल्ड भन्ने बुझिन्छ तर यो फरक क्षेत्र हो । फेसन मोडलले प्रयोग गर्न सक्छ यस अर्थमै एउटै आँखाले भने हेर्न मिल्दैन’ उनी प्रष्ट्याउँछिन।

काजल भन्छिन फेसन डिजाइन भनेको एउटा कला हो, क्रियटिभ माइण्डले काम गर्दै समय अनुसार परिबर्तन हुनु सक्नु पर्छ l ‘क्लाइन्टको रोजाइलाइ अनि विश्वमा फेसनमा आएको परिबर्तनलाइ आत्मासाथ गर्दै अगाडी बढ्न सक्नुनै एउटा कुशल फेसन डिजाइनरको पहिचान हो l

काम प्रतिको इमान्दारिता, जाँगर एवं सम्पूर्ण ग्राहकहरुको बिश्वास र सहयोगले आफूलाई एक सफल सबल डिजाइनर बनाएको उनी बताउँछिन ।

Comments

comments