नेपाली संगीतका शीर्ष पुरुष तथा नेपाली राष्ट्रिय गानका संगीतकार स्वर्गीय अम्बर गुरुङको रचना तथा संगीतमा अमेरिकाको नर्थ क्यारोलाइना निवासी गायक बसन्त खड्काले हालै एक गीतमा स्वर भरेका छन् ।”राजमार्ग” नामको उक्त गीतको म्युजिक भिडियो हालै एक कार्यक्रमको आयोजना गरी गायक खड्काले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

करिब २५ बर्ष अघि सृजना गरिएको सो गीत आफ्ना गुरुप्रति समर्पित गर्दै सम्पूर्ण दर्शक र श्रोतामाँझ श्रब्यदृश्य प्रस्तुत गर्न पाएकोमा आफु अत्यन्तै हर्षित भएको कुरा गायक खड्काले बताए ।

मधुर बस्नेतको छायांकन र बाबुराजा के सी उज्वल को निर्देशनमा तयार परिएको म्युजिक भिडियो नेपालको पूर्वी क्षेत्रको मनोरम प्राकृतिक स्थानहरुमा छायांकन गरिएको छ । सो भिडियोमा नेपाली नेपाली लोक, आधुनिक तथा चलचित्रमा उत्कृष्ट अभिनय गरेका अभिनेता सुरबीर पण्डित लगायत अनिता बस्नेत र सुवास थापाको जीवन्त अभिनयले दर्शकको मन जित्न सक्नेमा गायक खड्का आशावादी छन्।

तीन दसक लामो गायन यात्रा पर गरिसकेका बसन्त खड्काले यस अघि गोधुली, लालिमा, छहरा जस्ता आधुनिक गीति संग्रह र मृगतृष्णा नामक गजल संग्रह श्रोता र दर्शक सामु प्रस्तुत गरिसकेका छन् भने हाल उनी नेपाल तथा अमेरिका निवासी विभिन्न लोकप्रिय गीतकारहरूको शव्द रचनामा कन्चन नामक गीति संग्रह को तयारीमा छन् । कन्चन गीती संग्रमा समेटिने यो राजमार्ग गीतबाट आफु निकै आशाबादी रहेको कुरा खड्का बताउञ्छन ।

Comments

comments