चलचित्र ‘छ मायाँ छपक्कै’को ट्रेलर सार्वजनिक भएको छ । असोज २४ प्रदर्शनमा आउन लागेको यस चलचित्रको ट्रेलर आज युटुव मार्फत सार्वजनिक गरिएको हो ।

निर्माता रोहित अधिकारीको ‘छ मायाँ छपक्कै’ रोहित अधिकारीको रोहित अधिकारी फिल्मस् छक्का पञ्जा युनिटको आमा सुरस्वती मुभिज, र आईएमईबीच सहकार्य भएर निर्माण भएको चलचित्र हो ।

दीपेन्द्र लामाको निर्देशन र कथामा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् भने सल्लाकारमा दिपा श्री रहेकी छन् ।

दीपकराज गिरीको पटकथा, दीपक र केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीको संवाद रहेको यस चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी , हरि हुमागाईंको छायांकन र विपिन मल्लको सम्पादन रहेको छ ।

छ माया छपक्कैको पहिलो सार्वजनिक गीत जुनको जुनेली यति बेला चर्चामा रहेको छ । यस अघि निर्माता अधिकारीले पूर्व कुमारीको कथा माथी निर्माण गरेको चलचित्र गाजलुमा अनमोल केसीको २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठको प्रेमकता समेटिएको छ । अनमोल केसी, गौरव पहाडी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही लगायत कलाकारको अभिनय रहेकबो गाजलु कथाबस्तुको प्रंससा संगै राम्रो ब्यवार गर्न सफल चलचित्र हो ।

 

Comments

comments