चलचित्र मखमली मखमलीको गित “बिर्सन सजिलो भएन” सार्बजनिक (भिडियो सहित)

55

काठमाडौं । नेपाली कथानक चलचित्र मखमली मखमलीको नयाँ गित “बिर्सन सजिलो भएन” को म्युजिक भिडियो सार्बजनिक भएको छ । राजु गिरीको निर्देशनमा निर्माण भएको पछिल्लो उक्त चलचित्रमा समावेस बिर्सन सजिलो भएन बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

राजु गिरी प्रोडक्सनको व्यानरमा सावित्रा चिलुवालले निर्माण गरेको चलचित्र मखमली मखमलीमा समावेस सार्वजनिक भएको गीत राजेन्द्र थापाले लेखेका हुन् भने बसन्त सापकोटाको संगीतमा इतु जोजिजुले स्वर भरेकी छिन । मार्मिक शब्द, संगीत र स्वरको त्रिवेणीमा भिडियो पनि अत्यन्त मर्मस्पर्शी बनाईएको छ । गीतको भिडियोमा नायक जयक किशन बस्नेत र नायिका शुभेच्छा थापाको दमदार अभिनय देख्न सकिन्छ । आफ्ना हरेक चलचित्रमा गीत संगीतको पाटोलाई बलियो बनाउँन खप्पिस राजु गिरी यस चलचित्रमा पनि चुकेका छैनन् ।

जय किशन बस्नेत र शुभेच्छा थापाको साथमा सबिन बाँस्तोला, सारदा गिरी (काली बुढी), सावित्रा चिलुवाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । त्यसै गरी बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य, अशोक खड्काको द्वन्द, रामेश्वर हुमागाईंको छायाँकन रहेको छ । चलचित्रको देशब्यापी प्रदर्शन यही आउँदो मंसिर १३ गतेदेखि हुदैछ । भिडियो हेर्नुहोस :

Comments

comments