US Khabar

शरणार्थी प्रकरण ट्रेलर मात्र, सिंगो फिल्म देखाउँन बाँकी छ : प्रधानमन्त्री दाहाल

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

शरणार्थी प्रकरण ट्रेलर मात्र, सिंगो फिल्म देखाउँन बाँकी छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण ट्रेलर मात्रै भएको भन्दै सिङगै फिल्म देखाउँने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधनगर्दै प्रधानमन्त्री दाहालले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट नदिने दृढता व्यक्त गरे ।
उनले भने ‘मजदुरहरुको महाधिवेशनमा मैले केही दिन अगाडि भनेको थिए । अब भ्रष्टाचारीहरुको फाईल खुल्छ कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन् भनेर । अहिले त्यो प्रक्रिया सुरु भएको छ । यो सुरुवात मात्र हो ट्रेलर मात्र हो । हेदै जानु सिङगै फिल्म देखिन्छ ।’

उनले भ्रष्टाचारका फाइलहरु खोल्दा घेराबन्दी र दबाबआएपनिजनताको साथभएमात्यसको सामनागर्न सकिने बताए ।
उनले भने, ‘त्यसपछि पक्कै पनि ठूलो घेराबन्दीहोलान, दबाबधम्कीहोलान् । धेरै चिज हुनसक्छ यो बीचमा । तर हाम्रो उत्पीडित जनसमुदाय ,श्रमजीवि जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी धम्कीको पनि सामना गरिने छ ।’
उनले संस्थागत भ्रष्टाचारका कारणले नै देशमाआर्थिक संकटको स्थिति आएको बताए ।

अब माओवादी पार्टी एक चोटी फेरि गर्जियो भने ३२ सिटबाट बढेर बहुमत सिटमा पुग्ने हुनाले नेपाल कब्जागर्न सजिलो हुने बताए ।
उनले भने ‘अहिले पनि एक थरी मान्छेले सपना देखेको होला । माओवादी अहिले कमजोर भएको छ । ३२ सिटे । हाम्रो नाम अहिले यस्तो भएको छ । ३२ सिटे । अब हामी एक चोटी फेरी गर्जियौं भने ३२ सिटबाट बढेर बहुमत सिटमा पुग्छ र नेपाल कब्जा गर्छ ।’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!