मंगलबार पाकिस्तानमा गएको शक्तीशाली भुकम्पमा परि मृत्यु हुनेको संख्या २८ पुगेको छ । मंगलबार अपराह्न पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पमा परी अहिले सम्ममा २८ जनाको मृत्यु हुनुका साथै ४ सय ७६ व्यक्ति घाइते भएको पाकिस्तानी संचार माध्यमले जनाएका हुन् ।

पाकिस्तान-प्रशासित कश्मीरको मिरपुर केन्द्रबिन्दु भएर गएको सो भुकम्पको झड्का भारतको दिल्लीमा समेत महशुस भएको थियो ।

कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला-ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागका अनुसार यस भुकम्प ५।८ रेक्टर स्केलको रहेको थियो ।

Comments

comments