US Khabar

मिस्टर आरजेको संगीतमा एलपी लालविरेको ‘जहेरवाली’ गीत सार्वजनिक (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

मिस्टर आरजेको संगीतमा एलपी लालविरेको ‘जहेरवाली’ गीत सार्वजनिक (भिडियो)

पछिल्लो समयका ब्यस्त र चर्चित गायक तथा र्यापर मिस्टर आरजेको संगीतमा नयाँ गीत सार्वजनिक भएको छ । नवराज कलाउनीको शब्द र एलपी लालविरे पार्कीको स्वरमा रहेको ‘जहेरवाली’ गीत भिडियो सहित सार्वजनिक भएको हो ।

कमल सौरागको संगीत संयोजन रहेको यस गीतको भिडियो मिस्टर आरजेकै आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । जसमा अजय, दिपक र रश्मीको अभिनय रहेको छ ।

नेपाली टिपिकल शब्दको प्रयोगमा युवा पुस्ताको मनोभाव ब्यक्त यस गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् भने छायांकन प्रकाश खड्काको रहेको छ ।

वि स्टार फिल्मसको प्रस्तुती ‘जहेरवाली’ गीतको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!