अमेरिकाको टेक्सस राज्यको ड्यालसमा आजबाट आठौं दशैं कप सुरु भएको छ । बिगत ८ बर्षदेखी निरन्तर आयोजना हुँदै आएको यो बर्षको दशैं कप आज र भोली २ दिन अर्थात सेप्टेम्बर २७ र २८ का दिन चल्ने छ ।

गोर्खाज फुटबल टिमको आयोजनामा हुन लागेको यस प्रतियोगीतमा अमेरिकाका बिभिन्न राज्यबाट २९ वटा खेल टोलीले भाग लिएका छन् र ति टिमका खेलाडिहरु टेक्सस आईपुगेका छन् । हरेक बर्ष खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका एक ब्यक्तीलाई सम्मान गर्दै आएको आयोजक टिमले यो बर्ष नेपालका पूर्व राष्ट्रिय खेलाडी प्रशान्त गिरीलाई सम्मान गर्ने भएको छ । अत बर्ष यो सम्मानबाट पूर्वराष्ट्रिय खेलाडी सुनिल तुलाधर सम्मानित भएका थिए ।

दशैंको अबसर पारेर आयोजना हुँदै आएको यस प्रतियोगीताका बिजयी टिमलाई नगद तथा पुरस्कार समेत गरेर कुल पाँच हजार डलरको व्यवस्था गरिएको छ ।

गत बर्षको सातौं दशैं कपमा आयोजक संस्था गोर्खाज फुटबल क्लबले लस एन्जेलस ११ लाई २ -0 ले पराजित गदै प्रतियोगिताको पदक प्राप्त गरेको थियो ।

Comments

comments