मनसुनको अन्तिममा वर्षासँगै आएको बाढीले भारतमा १२९ को मृत्यु मानिसको मृत्यु भएको छ केही बेपत्ता छन् । भारतको उत्तर प्रदेश र बिहारमा अविरल वर्षापछि आएको बाढीले मानवीय तथा भौतिक क्षति भएको हो ।

बाढीले बिहीबारयता उत्तरप्रदेश राज्यमा मात्रै ९३ जनाको ज्यान गएको छ । बाढीले बिहारमा पनि तहसनहस पारेको छ । बिहीबारदेखि हालसम्ममा यो राज्यमा २९ ले ज्यान गुमाइसकेका छन् । दुवै राज्यमा केही मानिस घाइते भएको बताइएको छ । घाइतेमध्ये केही गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

रेलसँगै अन्य यातायात सेवा प्रभावित भएका छन् । अविरल वर्षापछि विद्यालय र स्वास्थ्य संस्थाले सेवा प्रवाह गर्न सकेका छैनन् भने विद्युत् आपूर्तिमा समेत समस्या भएको त्यहाँका सरकारी अधिकारीहरूले जनाएका छन् । बाढीले बिहारको मुख्य सहर पटना जलमग्न भएको छ । यहाँका आवासीय बस्तीहरू डुवानमा परेका छन् ।

सडकमा पानी जमेका कारण मानिसहरू डुंगा चढेको दृश्य देख्न सकिन्छ। उत्तर प्रदेशका बनारसलगायत स्थान पनि बाढीको चपेटामा छन् । बनारसको पानीको निकास थुनिँदा जनजीवन प्रभावित भएको छ ।

 

Comments

comments