अमेरिकाको बाल्टीमोर स्थित एक सपिङ कम्लेक्समा शनिवार अन्धाधुन्दा छुरा प्रहार गरेर ५ जनालाई घाईते बनाएका ब्यक्ती प्रहरी कारवाहीमा मारएका छन् । ककिसभिलस्थित हन्ट भ्याली टाउन सेन्टरमा शनिबार दिउँसो भएको सो घटनामा छुरा प्रहार गरेका ब्यक्तीलाई प्रहरीले गोली हानी हत्या गरेको हो ।

सपिङ सेन्टरमा एक ब्यक्तीले सर्व साधारणलाई जथाभावी छुरा प्रहार गरिरहेको सुचना प्रहरीमा पुगेपछि प्रहरी तत्काल सो क्षेत्रमा पुगेको थियो । प्रहरी पुग्दा समेत उनले छुरा प्रहार गरिरहेको भेटिएपछि उनलाई नियन्त्रणमा लिन असम्भव देखी प्रहरीले उनि माथी गोली प्रहार गरेको थियो ।

छुरा प्रहारबाट घाइते भएका सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ जसमध्य एक जनाको अवस्था गम्भिर रहेको बाल्टीमोर प्रहरीद्वारा जारी बक्तब्यमा उल्लेख छ । छुरा प्रहार गर्ने ब्यक्तीको मृत्यु भै सकेकाले यस प्रकारको घटना किन घटाईयो भन्ने बारे खुलासा हुन सकेको छैन । प्रहरीद्वारा मारिएका ति ब्यक्तीको पहिचान खुल्न नसकेका कारण अनुसन्धानको प्रकृया लम्बिन सक्ने बताईएको छ ।

 

 

Comments

comments