प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख कृष्णबहादुर महरा माथी लागेको आरोपको निस्पक्ष छानबिनका लागि सरकारसंग माग गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कोईरालाले सभामुख महराद्वारा आफ्नै महिला कर्मचारीमाथि बलात्कार गरेको भन्ने गम्भीर आरोपको तत्काल छानबिन र आवश्यक निर्णयका लागि माग राखेका हुन् ।

कोइरालाले यो आरोप मात्र हो या सत्य हो यसका लागि सरकारले छिटो भन्दा छिटो छानविन गर्नु पर्ने बताएका छन् ।
यता यस घटनाको आरोप लागेका सभामुख महराले आफ्नो पदबाट राजिनामा दिएका छन् ।  महरामाथि सोमबार साँझ संसद संचिवालयकै महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो।

 

Comments

comments