सभामुख कृष्णबहादुर महरामाथि बलत्कारको आरोप लगाएकी महिलाले आफुमाथी त्यस्तो कुनै दुब्यवहार सभामुखले नगरेको तर पत्रकारका कारण आफु र सभामुख दुवै बदनाम हुनुपरेको बताउँदै मिडियामा आएकी छन् । महरामाथी बलत्कारको आरोप लगाएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोषनी शाही आफ्नो डिप्रसन र पत्रकारकलाई दोस दिंदै नागरीक खबरको युटुव च्यानल मार्फत भिडियो अन्तरवार्ता सहित आएकी हुन् ।

उनले आफूले डिप्रेसनको औषधि सेवन गरिररहेको, सभामुख महरालाई आफ्ना पिता बराबर मान्ने हुँदा छोरीको जस्तो हक जताउने र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिस उठेर गलत गलत आरोप लगाएको बताएकी छिन् ।

शाहीले आफुलाई लागेको चोटपटक श्रीमान संगको झगडा र फुटेको चस्मा पनि श्रीमानकै भएको अन्तरवार्तामा बताएकी छन् । उनले आईतबार आफ्नो कोठामा कोहिपनि नआएको बताएकी उनले आफुले बताएका कुरा ड्रिप्रेसन र रिसको बेलाको बोली भएकाले यस कुरा सत्य हो भनेर कोही पनि भ्रममा नपर्न आग्रह गरेकी छन् ।

शाहीले बाबु छोरी जस्तो पवित्र नामालाई पत्रकारले बदनाम गरे भन्दै आक्रोस पोखेकी छन् । अर्काको पर्सनल कुरा बाहिर ल्याउने अधिकार पत्रकारलाई नभएको भन्दै रिस उठेको बेला बोलेको मेरो भिडियोका आधारमा सभामुख महरा जस्तो असल मान्छे बदनाम हुनु परेकोमा आफुलाई दुख लागेको पनि बताएकी छन् ।

 

 

Comments

comments