भारत दाहाल

सभामुख महिमा ………………..
जस्तो परिवेश, त्यस्तै स्कूलिङ
जस्तो स्कूलिङ, त्यस्तै उत्पादन

विश्वकै दरिद्रतम् देशबाट विश्वको सम्पन्न महाशक्ति बनेको चीनका जनताले उत्साह र उमंगका साथ देशभरी ७० औं राष्ट्रिय दिवश मनाईरहेका छन्। विश्वकै सुखि देशबाट हरिकंगाल अशान्त देश बनाईएको नेपालमा आजकै दिन विदेशीहरुले बक्सीस दिएको संसदको सभामूखबाट महिला कर्मचारी वर्वरतापूर्वक बलात्कृत भएको समाचार हेर्दै आफ्नो अभागी निधारमा हात लगाएर झोंक्रिनुु परिरहेको छ।

स्कूलिङ निकै नै बलवान हुन्छ। विदेशी योजनामा मारिएका १७ हजार नेपालीहरुको तातो रगतको मात सेलाएको छैन उनीहरुमा। देश र दुनियाँ लुटेर आर्जन गरेको धनले के गरौं र कसो गरौं भनेर पोलरिहन्छ यीनीहरुलाई। विदेशीहरुको धाप पाएपछि जे गर्दा पनि हुन्छ भन्ने अपराध भावनाले ओतप्रोत छन् यीनीहरु। देश विरुद्ध अपराध गरे, राम्रो सोंचाई दिमागमा आउँदैन। बलात्कार नगरी के काम गर्नु ?

पछाडीको पुस्ताले अगाडीको नेतृत्वलाई हेरेर सिक्छ। आज समाजमा बलात्कार, ठगि, डकैति, भ्रष्टाचार, तस्करी, कालो बजारी, दुर्भावना जस्ता जति पनि अपराधिक प्रवृतिहरु बढिरहेका छन्, यी सबैका प्रेरणाका श्रोतहरु दलका नेताहरु हुन् भन्ने कुरामा विवाद छैन। जस्तोसुकै प्रकारको अपराध गर्न विदेशीहरुबाट प्रशिक्षित गरिएका दुष्ट अपराधिहरुले बलात्कारलाई असामान्य कुरा मान्ने त प्रश्नै आउँदैन।

यीनीहरु व्यवस्थालाई सुहाउने पात्रहरु हुन्। यो अपराधि व्यवस्था हो र यसले अपराधि नै जन्माउँछ। कुनै पनि मानिस आफ्नो परिवेशको उपजका रुपमा विकास भएको हुन्छ। यीनीहरु हुर्केर आएको परिवेशले यीनीहरुलाई अपराधि बन्न उक्साईरहेको हुन्छ। हत्याहिंसा, भ्रष्टाचार, देशद्रोह जस्ता कुकर्महरुलाई राजनीतिक धर्म बनाएर अघि बढाईएकाहरुबाट राम्रो कुराको आशा गर्नेहरुले पाउने उपहार यही हो।

Comments

comments