नेपाली राजनितीक ईतिहासमा अत्यन्त लज्जास्पद दागका रुपमा सभामुख कृष्ण बहादुर महरामाथीको बलत्कार आरोप लाग्यो । संसद सचिवालयमा कार्यरत कर्मचारी रोषनी शाही ले आफुलाई सभामुख महराले बलत्कार गरेको भन्दै भिडियो अन्तरवार्ता नै दिएपछि विश्वभरका नेपालीले घटनाको निन्दा गर्दै सभामुखको राजिनामाको माग गरे । यो घटनाले यति चर्को रुप लियो कि सभामुख पदबाट महराले राजिनामा नै दिनुपर्यो ।

धेरै जनताले महरालाई गालि गलौजकै भाषा प्रयोग गरे भने बौद्धिक बर्गले समेत उनि जस्तो जिम्मेवार पदमा रहेका ब्यक्तीले गरेको यस अपराधको निन्दा गरे । पिडित भनिएकी महिला रोशनी शाहिका पक्षमा उभिएका करडौं नेपालीलाई मंगलबार साँझ झड्का लाग्ने गरि एउटा भिडियो अन्तरवार्ता सार्वजनिक भयो । जसमा रोशनी शाही चिटिक्क मिलेको पहिरनमा महराले मलाई केही गरेकै छैनन्, उनि र म बाउ छोरी जस्तो हौं, पत्रकारले गलत समाचार फैलाए भन्दै एक अनलाईनको युटुव च्यानलमा देखा परिन् । उनको यो भिडियोमा उनको अनुहारमा देखिएका निलडाम बाहेक अरु सबै सामान्य देखियो । अव फेरी जनताहरुका सामाजिक सञ्जालमा घटना केन्द्रित बहस चर्किन थाल्यो । कोही महरा दोसी भन्दै थिए कोही रोशनी शाही गलत भन्दै थिए । तर धेरैजसाले सभामुख महराले धम्की दिएर यि महिला डराएर उल्टो बयान दिईन् पनि भने ।

यता सामाजिक संजालमा महरा र रोशनीकोपक्षमा जनताहरु २ खण्डमा बिभाजित जस्तै दखिरहँदा उता के गर्दै थिईन् त रोजनी शाही ? देश तरंगीत भएको बेला उनि उता महराका बारेमा आएका समाचार सियर गर्दै नयाँ नयाँ स्ट्याटस राख्दिैथिईन् । हरेक स्ट्याटसमा महरा निर्दोश रहेको बताउँदै आएकी उनले हामी बिच को कुरामा अरुलाई यति धेरै चासो किन रु , काम छैन बुहारि पाडाको के जाति भने जस्तो हैन मान्छे जात अर्काको खाल्डो खन्न सिपालु हुन्छन् पछि आफै तेहि खाल्डामा पर्छन् जे जे कमेन्ट गर्न मन लाग्छ गर हामिलाई तिमिहरुका झारपाते कमेन्ट हेर्ने फुर्सद पनि छैन लगायतका दर्जनौं भद्धा र अस्वभाविक स्ट्याटस राख्दै थिईन् । उनको स्ट्याटसमा आएका धेरै कमेण्डअरु पनि आक्रोसीत देखिन्थें । उनिहरुले रोषनीको चरित्रलाई लिएर लेखिएका सयौं प्रतिकृयाको वेवास्ता गर्दै उनले आफ्ना स्ट्याटस निरन्तर राखिरहेको दृश्य पनि अस्वभाबिक नै देखिन्थ्यो ।

जे होस् घटनाको बारेमा छिट्टै नै बोल्दा आफैं बेहकुफ बन्नु पर्ने वाताबरण जनतालाई रोषनीका यस्ता स्ट्याटसले सृजना गरेको छ । महिला हिंसा भनेर महरामाथी गरिएको बिरोधलाई नै मात दिने गरेर उनि बारबार यसरी समाजिक संजालमा छाउँदा उनि डिप्रेसनमा भएको भान जो कोहीलाई हुँदैन ।

सचिवालय संगकी कर्मचारीसंग यति धेरै निकटता, भाईवरमा देखिएको उनिहरुको संवाद, उनले हक जताएर प्रेमिलाई जसरी रिस देखाएको अभिब्यक्ती लगायतले यो सम्बन्ध बर्षौं पुरानो भएको र आपसी मन मुटावको कारणले आजको अवस्था निम्ताएको अनुमान लगाउने आधार धेरै छन् । तर महिलाका पक्षमा अझै उभिईरहेका जनताले आरोप लगाएझैं सभामुख महराले उनलाई धम्की र पैसाका भरमा बयान फेर्न लगाए त्यो छानविन होला नै । तर लाखौं मजदुर महिला रोजी रोटीका लागि रगत पसिना बगाईरहेको हाम्रो देशमा मन्त्रालयको सचिवालय कर्मचारीले पैसा र पावरको डरले बयान फेर्नु पनि आफैंमा लज्जास्पद कुरा हो ।

Comments

comments