बलत्कारको आरोप लागेर सभामुख पदबाट राजिनामा दिएका कृष्ण बहादुर महराको राजिनाको सुचना संसद सचिवालयमा टाँसिएको छ । सचिवालयका अनुसार उपसभामुख डा शिवमाया तुम्बाहाम्फेको आदेश अनुसार सभामुख पदबाट महराले राजिनामा दिएको सुचना संसद सचिवालयमा टाँसिएको हो ।

उप सभामुखको आदेशमा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २११ को उपनियम९२० बमोजिम सूचना प्रकाशित गरेको सचिवालयले बताएको छ ।

सांसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले सभामुख महराले आफुलाई कुटपिट सहित बलत्कार गरेको आरोप लगाएपछि भएको चौतर्फी बिरोध पछि महराले आफ्नो पदबाट राजिनामा दिएका थिए । उनले आफुमाथी लागेको गम्भिर आरोपको सत्य तथ्य छानविनका लागि अनुसन्धानमा सहयोग पुर्याउन राजिनामा दिएको भन्दै पदबाट बाहिरिएका थिए ।

सचिवालय सचिव भरत राज गौतमको नाममा प्रकाशित सो सुचनामा सभामुख महराले उल्लेख गरेको राजिनामा दिनुको कारण सहित प्रतिनिधी सभा नियमावलीका आधारमा सुचना प्रकाशित गरिएको उल्लेख छ ।

 

Comments

comments