सुषमा देवकोटा

पछिल्लो ३ दिन विश्वभरका नेपालीको लागि ठुलो धक्का महशुष भएको छ । तर हामी सबैले पात्रलाई मात्र दोस दिईरहेछौं । हाम्रा देशका सभामुखमाथी बलत्कारको आरोप लागेको समय हो यो । यसको सन्देस विश्वमा कस्तो गयो भन्ने हेक्का भन्दा हामी पक्ष विपक्षमा मात्र उभिएका छौं । परदेशमा बस्ने दाजुभाईमाथी त्यहाँको सरकारले विश्वास गर्ने आधारसंग जोडिएको हुन्छ देशको प्रमुख ब्यक्तीको सम्मान, साना नानीहरुले स्कुलमा ठुलो मान्छे भनेर सुनि, पढि, र घोकीरहेको शब्द हो सभामुख । यस्ता धेरै धेरै विश्वास र स्वाभिमान, शुरक्षा र सन्देश बोकेको पद हो सभामुख पद । बरु उनिमाथी भ्रष्टचारको आरोप लागेको भए बेसै हुन्थ्यो तर बलत्कारको आरोप कदाचित लाग्नु हुन्थेन मेरा बिचारमा ।

उमेरले ६१ बर्ष भएछन् महरा उनिमाथी संकट बनेर आएकी रोशनी शाहको उमेर पनि ४५ माथी नै होला । दुवै बिबाहित, रोषनीको पारिवारिक बातावरणका बारे उति थाहा नभएपनि महराका नाती नातिना पनि छन् होला । रोशनी स्वयंमा संसद सचिवालय जस्तो जिम्मेबार निकायकी कर्मचारी । बाहिरबाट सब ठिकठाक थियो तर भित्र अर्कै केही चलिरहेको थियो जीवनमा । त्यो हो एक अर्काप्रतिको आकर्षण । प्रेम भै दिएको भए यसलाई म स्वभाविक मान्थें, गायक अरुण थापाले भने झैं
यो मनको के भर हुन्छ, बहकिने मात्रै डर हुन्छ
जानि जानि पनि यहाँ भूल गर्ने रहर हुन्छ…….

तर सभामुख महरा र रोषनी बिचको रहर र भूलले आज महराको प्रतिष्ठा रातारात तल झरेको छ । नाम उनकै थियो बदनाम पनि उनकै धेरै भयो । रोषनीको पनि समाज होला आफन्त होलान् उनि पनि बदनाम भईन् । बदनामसंगै बेहकुफ र चरित्रहिन पनि भईन् उनि दुनियाका नजरमा । यो त हुनु नै थियो किनकी यहाँ प्रेम होईन अरु नै सम्बन्ध थियो । जसलाई समाजले अनैतिक भन्छ । रोषनी पद र पावरको पछि लागेकी हुन् भन्ने उनको होस हवास अन्तरवार्ताले भनिरहेको छ । महरा राजिनामा दिएर बाहिरिएका छन् मौन छन् उनि । तर गल्ती नगरी उनले राजिनामा दिनै पर्ने थिएन बरु आफु निर्दोष थिए भने त्यहिँ बसेर प्रमाणित गर्न सक्थे उनले । यति हतारो उनले नगर्नु पथ्र्यो । जनतालाई एउटा चित्तबुझ्दो सन्देस छोडेको भए पद तात्तातै छोड्नु पर्थेन र बाँकी छानविनमा उनि आफैंले सम्बन्धीत निकायलाई सहयोग गर्न सक्थे । तर त्यस्तो भएन ।

अघिल्लो दिन म माथी बलत्कार भयो भनेकी रोषनीले भोलीपल्ट उहाँ मेरा बुवा जस्ता मान्छे, रिस उठेर भनें, डिप्रेसनमा थिएँ लगायतका अभिब्यक्ती दिंदै मिडियामा आईन् र राती अबेर सम्म आफ्नो फेसबुक भित्तामा महरा निर्दोश छन् भनेर स्ट्याटस हालीरहन् छिन छिनमा ।

सबै भयो, देशको प्रमुख ब्यक्तीको यति लामो राजनितीक यात्रा पछिको उचाई गुम्यो, संसदमा काम गर्ने महिलाको चरित्रमै प्रश्न चिन्ह उठ्यो आम समुदायबाट, दुवै परिवार र आफन्तलाई लाज भयो, समर्थकहरुको अपहेलना भयो । जे जे भयो एउटा अप्रिय दुर्घटना भयो ।

तर यस्तो किन भयो ? उनिहरुको चिना परिचय निकै लामो जस्तो लाग्छ उनि सभामुख हुनु भन्दा धेरै पहिले र रोषनी सचिवालय कर्मचारी हुनुभन्दा पहिले नै । किनकी उनले पहिलो भिडियोमा २०४७ सालको बाट चिनजान भनेकी छन् र २०४८ सालमा पनि महराले आफुमाथी बलत्कारको प्रयास गरेको बताएकी थिईन् । त्यो हिसावले यो चिनजान २९ बर्ष पुरानो देखियो । सम्बन्ध यति लामो समय चुपचाप टिकेको थियो अचानक भुकम्प आयो जीवनमा र शारिरीक सम्बन्धको कुरा बाहिरियो । पहिलो भिडियोलाई आधार मान्दा रक्सी खाने, कोठामै आउने संगै बस्ने सम्बन्ध रहेछ भन्ने बुझीन्छ दोस्रो भिडियोमा उनले कुन कुरामा सम्झौता गरिन् या नियतै सम्झौतामा ल्याउने थियो भन्ने बुझीन्छ ।

आरोप लाएझैं हो भने सम्बन्ध बलत्कार सम्म कसरी पुग्यो होइन भने यत्रो रिस जताउने अधिकार कसले दियो रोषनीलाई कि उनले भनेको नमान्दा महराको यति ठुलो प्रतिष्ठामै नराम्रो दाग लाग्यो । छोरीले बाउलाइ, बहिनीले दाईलाई, श्रीमतीले श्रीमानलाई, प्रेमिकाले प्रेमीलाई जति नै रिस उठेपनि यति सम्म गीराउन सक्दै सक्दैन । यस अर्थमा रोषनी महराकी कोही पनि होईनन् परिस्थतीबस जोडिएको एक गलत संगत र कर्मको परिणाम मात्र हुन् उनि । जो आफ्नो स्वाभिमान बेचेर सामाजिक प्रतिष्ठा खरिद् गर्ने दाउमा थिईन् उनकै भनाईलाई आधार मान्दा । यता महराले पनि उनलाई प्रेम गरेका होईनन् यदि यसो हुन्थ्यो भने यतिबेला सम्म रोषनी महराकी पत्नी बनिसक्छिन् या रोषनी एकल महिला भै सक्थिन् ।

महराका जस्ता घटना देशमा हरेक दिन कयौं परिवारमा घटेका होलान् । परपुरुष परस्त्रि सम्बन्ध त हो यो सामान्य भाषामा । महरा यतिबेला गाउँमै खेती किसानीमा हुन्थे भने उनका लागि यो आरोप यति भारी पर्देनथ्यो । तर यतिबेला उनि सभामुख हुन् देशका । ल मानौं मान्छे हुन् उनि । स्त्री आत्मियताको खाँचो उनलाई पनि भयो होला, श्रीमती भन्दा उनि आत्मिक पनि लागि होलिन् । मित्रता भयो होला, प्रेम नै हुनसक्छ तर बलत्कारको आरोप सम्म कसरी पुग्यो यो सम्बन्ध ? सभामुख संगको यति निकट आत्मियताको घमण्ड रोषनीमा थियो र त आक्रोशित भईन् । कथा धेरै हुन सक्छन् हद भन्दा बढिको आत्मियता र आकर्षणको नतिजा हो यो । कतिका गोप्य कथा बाहिर आउँछन् कतिका आउँदैनन् फरक यति मात्र हो, संगत कसको को संग भयो भन्ने मात्र हो । महरा अपराधी हुन् या निर्दोश यो भन्दा ठुलो आत्म सम्मान रोषनी पनि थियो । उनि कसैकी छोरी र पत्नी हुन् । बरु सभामुखको समाज त सेलिब्रेटी समाज हो उनि पुरुष पनि हुन् । उनि हिजोका दिनमा राम्रो देखिएका ब्यक्ती हुन् समाजले १ गल्ती माफ गरिदेला । तर रोषनीको घर माईती पक्षमा यति सजिलो छ ? र उनि माथी बलत्कार हुन लाग्यो, पहिले नि प्रयास भएको थियो भनिसकेपछि फेरी होईन भन्दै र अझ पत्रकार र आफ्नै पक्षमा उभिकालाई समेत हाम्रो कुरा तिमीहरुलाई के मतलव भन्दै स्ट्याटस हाल्दैछिन् । यो गल्ती महशुष हो कि, माया हो की, भोली पनि केही लिनु दिनु छ कि, धम्कीे आएर होकी मेलोमेसो पाईहाल्ने अवस्था छैन ।

हामीले सोच्दा उनको नयाँ पुरानो दुवै भिडियो अन्तरबार्ताको समयलाई लिएर सोच्नु पर्ने हुन्छ । किनकी एकै रात र दिनमा डिप्रेसन नै भएपनि सोच र बिचारमा उति खाष परिवर्तन आउँदैन । पहिलेको भिडियोमा पनि सबै सत्य नभएपनि धेरै सत्य छ र पछिल्लो भिडियोमा पनि धेरै सत्यता छ । उनि मानसिक रोगी होईनन् सरकारी कर्मचारीका रुपमा कार्यरत छन् । त्यो हुँदा उनका बिरामी भन्दा पनि उनका अभिब्यक्ती महत्वपुर्ण हुन् ।

हो यो पनि मान्न सकिन्थ्यो, उनि गाउँघरकी सिधा-साधा, अनपढ, बेरोजगार महिला भएको भए या दाल भातको जोहो गर्न सभामुख संग नजिकिएकी भए उनको बाध्यता थियो भन्नु हुन्थ्यो सरासर सरुवा र बढुवाको आक्रोस देखाएकी उनले क्षमता नपुगेर सभामुखलाई सिंडी बनाउन परेको अवस्था देखिन्छ घटनामा । सभामुखले पद नै छोडेका थिए त उनले बोली फेर्नुपर्ने अवस्था कसरी आयो ? सबैले अनुमान गरेझैं पैसामा कुरा मिल्यो । यो पैसामा कुरा मिलाउने तरिका महराको पनि हुन सक्छ रोषनीको पनि हुन सक्छ । यस घटनामा बराबरको हिस्सा छ दुवैको तर सभामुख भै सकेपछि र २९ बर्षसम्मको चिनाजानाका आधारमा उनको नियत महराले नजर अन्दाज किन गरे ? यहि हो सभामुख ज्यु आजको नेपाली समाज । हिजो कुनै दुर गाउँको युवक बलात्कारी आरोपमा थियो अहिले तपाँई हुनुहुन्छ । नियत, लालचा, अपेक्षा र आकर्षक सबै यसमा जोडिएका छन् । भोली सभामुखले त बलत्कार गर्न सक्छन् हामी किन नसक्ने भन्दै अर्को पुरुष देखा पर्यो भने के जवाफ दिने ? तपाँईलाई संगत र सद्भावको हेक्का भएन भने देशका गरिवि र अक्षितीत जनताले कुन संस्कार सिक्दै आएका होलान् ? कहाँ छ हाम्रो देश ?

मनको भर नहोला, शरिरको माग होला तर यो त सार्वजनिक मान्छे भै सकेपछि त्यो पनि सभामुख जस्तो गरिमामय स्थानमा रहेपछि सम्झौता गर्नै पर्ने हुन्छ । यहाँ सफा त दुवै छैनन् तर को कति प्रतिसत धमिलो भन्ने मात्र हो । यस्ता घटनाले अगाडी बढ्न खोजेका दिदी बहिनीलाई र बढिसकेका दिदी बहिनी दुवैलाई असजिलो पर्छ । यो गलत संस्कार हो । हिजो सामाजिक प्रतिष्ठाका कारण मन मिलेपनि घरजम हुन सकेन आज सडक र सदनमा छताछुल्ल भयो सम्बन्ध । त्यसैले प्रेम गर, आपसी समझदारीमा शारिरिक सम्बन्ध पनि बनाउ, नबनाउ भनेर कागज र कानुनमा लेखिएपनि यो रोकिदैन यति सजिलै तर तिमीले संगत गरेको मान्छे कुन हद सम्म तिम्रो विश्वास पात्र हो नजान्दा समाजमा दशकौं लगाएर बनाएको प्रतिष्ठा एक रातमा गुम्न सक्छ भन्ने विवेक स्वस्थ मानसिकता संग हुनुपर्छ । यो कुनै गाउँको टिनएजर केटा केटीको लडाई झगडा, घुर्कि र रिस होईन । दुई जिम्मेवार नागरिकको घटना हो  ।

 

 

Comments

comments