US Khabar
  • डालसको रक्षा बन्धन बाँध्ने ठाउँमा संस्कृतीका खोलधारी भलाद्मी जसले नेपाली बोल्न चाहेनन्

    - Admin | ४ महिना पहिले प्रकाशित

    डालसको रक्षा बन्धन बाँध्ने ठाउँमा संस्कृतीका खोलधारी भलाद्मी जसले नेपाली बोल्न चाहेनन्

    आज ऋषितर्पणी हिन्दूहरूको धेरै चाडपर्वहरू मध्ये यो पनि एक महत्वपूर्ण चाड भएकोले म पनि बिहानको नित्य काम सकेर रक्षाबन्धन नयाँ जनै पहिरनको लागि अमेरिकाको टेक्सास राज्यको डालस सहरस्थित “नेपाल कल्चरल एण्ड स्पीरिच्युअल सेन्टर”मा उपस्थित भएँ । कोरोनाबाट भयभित जनमानसहरू अनुशासित रुपमा आफ्नो आफ्नो गन्तव्यमा थिए । एकजना भलाद्मी महोदयले मलाई इंगित गर्दै भन्नुभयो, “प्लिज टेक अफ योर सुज” भन्ने महान वाणी उधृत गर्नुभयो । अमेरिकामा अङ्ग्रेजी बोल्नैपर्छ, पढ्नै पर्छ, तर अप्ठ्यारो के छ भने वेद, रुद्रि, लघुकौमुदी इत्यादी चाहिँ अङ्ग्रेजीमा छैन, त्यसैले मन्त्रहरू त संस्कृत र नेपाली मै पढ्नु पर्ने हुन्छ । मन्दिरभित्र पूजा गर्ने अथवा ढोका भित्र बाहिर स्वयंसेवा गर्ने भलाद्मी त अङ्ग्रेजी बाबु त पक्कै होईनन् होला । मैले भलाद्मी महोदयलाई सोधेँ, तपाईँ नेपाली हुनुहुन्छ ? उहाँले मुन्टो हल्लाउँदै अमुक भाषामा जवाफ दिनुभयो । उहाँको बोली सुन्न मन लागेर दोस्रो पटक पनि सोधें तर उहाँबाट कुनै पनि नेपाली शब्दको उच्चारण सुन्ने मौका मिलेन ।

    जुत्ता फुकाल्दा फुकाल्दै मेरो मानसपटलमा भावनाका अन्तर तरङ्गहरूमा कालो बादलले छायो । अनगिन्ती सोचहरूको बाढी चल्न थाल्यो । म आफैले आफैलाई अनगिन्ती प्रश्न गर्दै उत्तर दिन सुरु गरें तर आपूmले दिएको उत्तर आपैmलाई चित्त बुझेन । बिस्तारै मन्दिरभित्र गएँ, पण्डितजी रुद्री वाचनमा ब्यस्त हुनुहुन्छ । सामाजिक दुरीको नियमले आफूभन्दा अगाडि अरु नै भक्तजनको उपस्थितिले मलाई अगाडि बढने हिम्मत आएन । तर पण्डितजीले मलाई ईसाराले बोलाउँदै टीका लगाईदिनु भयो । नजिक मै जनैहरू राखेको हुँदा एउटा जनै लिएर म बाहिर निस्कन लाग्दा एक महोदयले अर्कोतर्फ भएर निस्कने निर्देश गर्नुभयो । जहाँ केही आशा प्रसाद उपाध्याय ब्राह्मणहरू स्वागतको तयारीमा हुनुहुन्थ्यो ।

    तर झन् मेरा अन्तरआत्माका बलिया छडिले प्रश्नको उत्तर कोट्याउन सुरु गरिसकेको थियो । रगतका बुँदहरू शिरदेखी पैतालासम्म तँछाड मछाड गर्दै दौडिरहेका थिए । मेरो आत्माको भावनात्मक डोरीमा उनिएका विश्वासहरूले मलाई घचघचाउन सुरु गरिसकेको थियो । किन होला मैले मातृभाषामा जवाफ नपाएको ? मेरो गल्तीले वा अङ्ग्रेजी बाबु बनेका नेपाली भलाद्मी जसले आफ्नो संस्कृतिमा पनि धमिराको वास बसाई दिएका छन् ।

    टीका लगाईसके पछि केही पर्सादी हातमा राखिदिनु भयो । म त्यहाँबाट पछाडि सर्दै बाहिर निस्कन लागेको थिएँ तर बिचैमा एकजना सज्जनज्यूले हातले इंगित गर्दै मलाई दिशानिर्देशन गर्नुभयो र म त्यतैतिर लागेँ । अगाडि जाने बित्तिकै एउटा सानो लाईन थियो जहाँ एकजना आशा प्रसाद उपाध्याय ब्राह्मण जनै सामाग्री लिएर बस्नु भएको रहेछ । म पनि केही सामाग्रीको अंकमाल गर्दै बाहिर निस्किएँ । बाहिर निस्कँदा ती ढोकाको छेउमा बस्ने भलाद्मी पहिले कै ठाउँमा उभिएका थिए । उनको मास्करुपी अधबैँसे अनुहारको दर्शन गर्दै त्यो परिसरबाट म बिदा भएँ ।

    सम्झँदा त विषयवस्तु साधारण नै मान्नु पर्छ तर मेरो मनले चित्त बुझाउन सकेन । ढोका नजिकै उभिने अङ्ग्रेजी बाबु भएको भए, नेपालीमा सोधेको उत्तरको जवाफ नआउनु पर्ने हो । दुईदुई पटक सोधनी गर्दा किन नेपाली शब्द मुखबाट निकाल्न कन्जस्याँई गरेको होला । आफ्नो धर्ममा विश्वास राख्नेले आफ्नो भाषा बोल्दा के छ र त्यसमा नोक्सानी ! आफ्नो मातृभूमि, आफ्नो भेषभूषा, आफ्नो सँस्कृति, आफ्नो धर्म र आफ्ना नेपाली दाजुभाई तथा नेपाली दिदिबहिनी देखि किन आफ्नो भाषा बोल्न लोभ गरेको होला ? हुन त उहाँ कस्तो वातावरणमा कस्तो गुरु शिक्षामा आफ्नो जीवन अगाडि बढाउनुभयो, त्यसमा पनि भर पर्दछ । दुईपटक सोधनी गर्दा पनि उहाँलाई नेपाली भाषामा जवाफ दिन सङ्कोच भयो । मलाई एक किसिमको नरमाईलो त लाग्यो तर मैले फेरी विचार गरेँ । कतै मैले गल्ती त गरिन ? मलाई यकिन भयो मैले कुनै गल्ती गरेको आभास महसुस भएन ।

    मेरा तरङ्गीत भावनाले ती भलाद्मी महोदयलाई माफी दिने निर्णय गरेन । पवित्र मन्दिरको परिसरभित्र पनि अङ्ग्रेजी बाबुको जस्तो चरित्र अगाडि सार्नु पर्ने किन होला ! अमेरिका अवतरण गरेको धेरै वर्ष भएर पो होकि ? उहाँको कामले धेरै पैसा पाउँछ कि ? उहाँको बैङ्कमा धेरै पैसा छ कि ? उहाँसँग बन्दव्यापारहरू धेरै छन् कि ? नेपालबाट अमेरिका आउने माननीय मन्त्रीहरूको घुइँचोलाई एयरपोर्टदेखि होटेलसम्म उहाँले राईड दिनुहुन्छ कि ? मलाई त निकै नै अचम्म लाग्यो । आफ्नो संस्कृतिलाई नै दुई लातले हिर्काए जस्तो अनुभुति भयो । कम से कम मन्दिर परिसर भित्र त आफ्नो मातृभाषालाई ईज्जत गरौँ ।

    जय जय ऋषि तर्पणी ! !

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">