वाशिंगटन डिसी।

नेपाली अमेरिकन सामुदायिक केन्द्र (एनएसीसी)को बैठकले पहिलो साधारण सभाले दिएको म्यान्डेट अनुसार अन्तरिम कार्य समिति, बोर्ड अफट्रस्टी र विविध समितिहरु डिसी मेट्रो क्षेत्रका विभिन्न समाजसेवीहरुलाई समेट्दै बिस्तार गरेको छ । एनएसीसीको अन्तरिम कार्य समिति र बोर्ड अफ ट्रष्टीको गत सेप्टेम्बर १५ मा सम्पन्न संयुक्त बैठकले यस संस्थामा काम गर्न इच्छा जाहेर गर्नु हुने सवै समाजसेवीहरुलाई कुनै न कुनै जिम्मेवारी दिई टीममा समावेश गर्ने निर्णय गरेको छ !

अन्तरिम कार्यकारी समिति (आईईसी)माथप गरिएका महानुभावहरुमा अर्जुन ढुंगेल, देशराज संयोक, गुणराज लुइटेल, हरि के पुडासैनी, प्रज्ञानराज आचार्य, प्रदीप ढकाल, प्रेम पौडेल, टीका मैनाली, तोयानाथ पौडेल रविजय कुमार सिंह हुनुहुन्छ ।

यसैगरी ट्रष्टीको अन्तरिम बोर्डमा समावेशगरिनु भएका समाजसेवीमहानुभावहरुमा परशुराम भण्डारी, शिवलामिछाने, सीता काफ्ले, तारानाथ पोखरेल हुनुहुन्छ । मिडिया समन्वय समितिमा भने बिष्णु पौडेल(बिष्णु शितल), केशब सिग्देल, निदेशअधिकारी र प्रकाश नेपाल रहनु भएको छ ।

सूचना प्रविधि समितिको जिमेवारी अनन्दपौडेल, अशिम लामिछाने, आशीष खनाल डिला पोखरेल, हीरा क्षेत्री, केशब न्यौपाने, लक्ष्मी (रज्ज) कोइराला, माधव सापकोटा, र सूरज अर्यालले पाउनु भएको छ ।

यसैगरी रियल स्टेट समितिमा चिरंजीवी लामिछाने, झलेन्द्र कुँवर र प्रवीन खड्का थप हुनुभएको छ। अपरेसनल ओभरसाइट – सुपरिवेक्षण समितिमा अनिल रुपाखेती, ग्रिश्मा दाहाल, कमल भुसाललाई थप गरिएको छ भने

वित्तीय नियमक समितिमा काजी बुढाथोकी, पवन खनाल, प्रशन्न संग्रौला, राजनअधिकारी र तिलक खरेल थप हुनु भएको छ।

युवा समन्वय समितिमा बिमल ओझा, कुमारकेसी, लेखनाथ चालिसे, समिक्षा सापकोटा, शिल थापा, सुवास जोशी र सुदर्शन घिमिरे रहनु भएको छ । सोही बैठकले बोर्ड अफ ट्रष्टीको सल्लाहकार समितिमा अर्जुन दाहाल, बद्रीप्रसाद अधिकारी, भरत रेग्मी, भीम रेग्मी, देवेंद्र खनाल, दीपेन्द्र पोखरेल, डा. अनुप पहाड़ी, डा. गुणराज सुवेदी, डा. गोविंद तिमिल्सिना, दोब ढकाल, गोविंदा सुवेदी, होम नाथ सुवेदी, राम भक्तअधिकारी, राम प्रधान र रिषी बराललाई चयन गरिएको छ ।

अन्तरिम कार्यसमितिको सल्लाहकार समितिमा छनौट हुनुभएकाहरुमा बद्री खनाल, बिष्णु खरेल, जनक अधिकारी, खगेन्द्र थापा, कृष्ण भण्डारी, लक्ष्मी गौडेल, मोहन निरौला, मुरारी नराल, नारायण पौडेलर निलकण्ठ सुवेदी, पदम रेग्मी, राम चन्द्र भट्टराई, राम हरि खड्का, रामेश ढकाल, रामशरण हुमागाइं, संजय डी जोशी, शिव नेपाल, उत्तम अधिकारी, याम कोइराला र यम कुमार सिटौला हुनुहुन्छ ।

राजीव मैनालीले अध्यक्षता गर्नु भएको सो संयुक्त बैठकमा सामुदायिक भवन निर्माण गर्न योग्य जमीनको पहिचान र खरीद प्रक्रिया धेरै अगाडि बढिसकेको र चॉडै नै निधोमा पुग्न सकिने बारेमा छलफल भएको थियो । बैठकले मिडिया समन्वय समिति र युवा समन्वय समितिलाई थप गर्नुको साथैचन्दा संकलन र लेखा ब्यवस्थापनलाई चुस्त राख्न जोड दिएको थियो । यस अघि अन्तरिम कार्य समिति, अन्तरिम बोर्ड अफ ट्रस्टी एवं बिधान अनुरुपका अन्य विभिन्न समिति उपसमितिहरुको पनि बिस्तार एवं गठनका लागि गुगल फर्म मार्फत सदस्यहरुबाट सेवा गर्ने चाहना जाहेरगर्न आह्वान गरिएको थियो ।

गत जुनमा डिसी मेट्रो क्षेत्रमा लगाईएको सप्ताह महापुराणबाट २ मिलियन भन्दा बढी चन्दा संकलन गर्न एनएसीसी सफल भएको थियो ।

यस अघि सम्पन्न संस्थाको विशेष भेलालेथप सदस्य राख्नु पर्ने सुझाव सहित पारितगरेका अन्तरिम बोर्ड अफ ट्रष्टी समितिकासदस्यहरुमा राजीव मैनाली, पुरु सुवेदी, प्रेमसंग्राैला, सुमन तिम्सिना, हरि शर्मा,

डा कल्पना कल्पना सत्याल, गोपाल रेग्मी, प्रेम भण्डारी, गोविन्द मैनाली, मेदिनीअधिकारी र मधु पन्थीलाई छनौट गरेकोथियो । यसैगरी सोही भेलाले अन्य सदस्यथप गर्ने सुझाव सहित पारित गरेकाे अन्तरिमकार्यसमितिका सदस्यहरुमा भने ददी ढुंगाना, केशब बराल, डा, मदन उप्रेती

ठाकुर ढकाल, बीना लामा, सुनिता खत्री, अर्जुन सिग्देल, राज गौतम, राजेन्द्र खनाल, सुनिता सुवेदी र अरुण रुपाखेती रहनु भएकोथियो ।

 

Comments

comments