पछिल्लो समयका अत्याधिक लोकप्रिय गायक समिर आचार्यले अमेरिकामा रहेका नेपाली भाषी भुटानीको सांस्कृतीक कार्यक्रमा आफ्नो प्रस्तुती दिएका छन् । यतिबेला अमेरिका र क्यानडाको सांगीतिक टुरमा रहेका गायक समिरले अमेरिकामा रहेका भुटानी समुदायको साथमा स्प्रिङफिल्डको युनाइटेड मेथोडिस्ट ट्रिनीटी चर्चमा आफ्नो प्रस्तुती दिएका हुन् ।

अमेरिकामा बसोबास गरिरहेका नेपाली भाषी भुटानीहरुको समूह भुटानिज सोसाइटी अफ वेष्टर्न म्यासाचुसेट्सको वार्षिक सांस्कृतिक कार्यक्रम अन्तरगत समुदायको संस्कृति र परम्परा प्रवर्द्धन गर्ने उदेश्यले आयोजित यस कार्यक्रममा गायक समिरले आफ्ना चर्चित पिचरोड, मेरो दुनिया बेग्लै छ घाममा सुकाईदेउ, स्यानोमा स्यानो, लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।

एसए इन्टरटेनमेन्टले प्रवर्द्धन गरेको उक्त कार्यक्रमको उद्घाटन सत्रमा प्रस्तुती दिएका समिरले गीत गाउँदा दर्शकहरुले सुटिङ र तालीले स्वागत गरेका थिए । गायक समिरले यस कार्यक्रमका बारेमा बोल्दै भने, बिभिन्न कारणले देश अलग भएपनि भुटानी परिवार हाम्रै नेपाली परिवार हो । उहाँहरुसंग अमेरिकामा भेट्न पाउनु र उहाँहरुको कार्यक्रममा प्रस्तुती दिन पाउनु मेरा लागि खुसीको कुरा हो । हामी नेपाल आमाकै सन्तान हौं र नेपाली भाषि भुटानी समुदायका सबै हाम्रै बा आमा दाजु भाई र दिदी बहिनी हुन् । कार्यक्रममा गायक राज खम्बु र मनी राईले पनि प्रस्तुति दिएका थिए ।

Comments

comments