केही दिन अघि मात्र रोड क्रस गर्ने क्रममा गाडीको ठक्करबाट अमेरिका २६ बर्षिय नेपाली युवा बिनोद नेपालको निधन भएको एक साता नबित्दै फेरी अर्का युवा खिम बहादुर सेती मगर गाडीको ठक्करबाट गम्भिर घाईते भएका छन् ।

म्याग्दी घर भै हाल न्युयोर्क बस्दै आएका ३५ बर्षिय खिम बहादुरलाई सोमबार साँझ ८ बजे हिक्सभिलको ईस्ट वल्र्ड कन्ट्रीरोडमा एक गाडीले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका उनलाइ नासौ मेडिकल अस्पतालमा राखिएको छ ।

यस अघि रोड क्रसका क्रममा निधन भएका अमेरिकाको लुजियाना स्टेट युनिभर्सिटीका सिभिल इन्जिनियरीङका बिधार्थी बिनोद नेपाल पनि गाडीको ठक्करबाट गम्भिर घाईते भएका थिए । उनको उपचारका क्रममा गत सेप्टेम्बर २६ का दिन निधन भएको थियो ।

 

Comments

comments