शिकागो, नेपाल सरकारले आगामी बर्ष मनाउन लागेको भ्रमण बर्ष २०२० लाई सफल पार्न अमेरिकाको शिकागो शहरमा दश हजार पर्चा बाडिने भएको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको उपस्थितीमा अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था एन्माले शिकागोमा एक कार्यक्रमको आयोजना गरि शो कार्यक्रमको घोषणा गरेको हो ।

एन्माका सिनिएर उपाध्यक्ष, एनआएनए एनसीसी अमेरिकाका बोर्ड अफ डाइरेक्टर तथा पर्यटन प्रवद्धन कार्यक्रमका संयोजक तिलक केसीले आफुहरुले शिकागोमा रहेका स्थानिय संस्थाहरुसंगको सहकार्यमा दश हजार नेपाल चिनाउने पर्चा बाड्ने योजना राखेको बताएका हुन् । एन्माका निर्वतमान अध्यक्ष तथा शिकागोका अगुवा ब्यवसायी बाला घिमीरेका अनुसार एन्माले शिकागोका ब्यस्त स्थलहरुमा पुगेर पर्चा बाड्नुका साथै बिभिन्न ब्यवसायहरुमा पनि नेपाल चिनाउने र पर्यटन बर्षलाई सहयोग हुने खालका पोस्टरहरु राख्ने कार्यक्रम लिएको बताए ।

त्यस्तै सामाजिक साथ एन्माका महासचिब डा दिवाकर दाहाल कार्यक्रममा बोल्दै नेपाल भमण बर्ष २०२० का बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमको पहिलो सत्रमा ब्रेन ग्रेन इनिसिएटिभ ले एक अन्तरक्रियाको आयोजना गरेको थियो ।

अमेरिकाको लागि नेपाली राजदुत अर्जुन कार्की तथा अमेरिकन समुदायको समेत बाक्लो उपस्थितीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेपाल भ्रमण बर्ष सफल बनाउन अमेरिकामा रहेका सबै नेपालीहरुलाई सकृय भएर लाग्न आग्रह गर्नुभएको थियो ।

मन्त्री ज्ञवालीका अनुसार नेपालले बिदेशमा रहेका सबै नेपालीको साथ खोजेको बताउदै सबैले आ आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थीत भएका गैर नेपालीहरुले नेपालका बारेमा रहेका भ्रम र पर्यटकले पाउने सुबिधाका बारेमा परराष्ट्र मन्त्री ज्ञवालीसंग प्रश्न उत्तर गरेका थिए ।

Comments

comments