गैर आवासिय नेपाली संघ (एनआरएनए) आईसीसी निर्वाचन २०१९ ०२१ क लागि अमेरिकाज क्षेत्रीय संयोजक पदका लागि डा विनोद शाहले आफ्नो उमेद्वारी घोषणा गरेका छन् । आउँदो अक्टोबर १५ बाट काठमाडौंमा सुरु एनआरएनए विश्व सम्मेलनका लागि डा.शाहले आफ्ना मुख्य प्रतिवद्धता सहित उमेद्वारी सार्वजनिक गरेका हुन् ।

एनआरएनएसंग स्थापनाकाल देखि नै निकट रहेका शाह राष्ट्रीय समिति र अन्तराष्ट्रीय समितिका विभिन्न जिम्मेवारी पदमा बसेर काम गरिसकेका ब्यक्ती हुन् । हाल न्युयोर्कामा रहँदै आएका शाहले अमेरिकन-क्यानडा क्षेत्रमा बसोवास गर्ने समुदायको हितमा निम्ति आफुले यो पटकको आईसीसी निर्वाचनमा अमेरिकाज क्षेत्रीय संयोजक पदमा उमेद्वारी दिन लागेको बताएका छन् ।

 

अमेरिकाज क्षेत्रीय संयोजक पदमा यतिबेला गौरी राज जोसी रहेका छन् यस पटक भने जोसीले आईसीसी निर्वाचनमा सचिव पदका लागि आफ्नो उमेद्वारी दिंदै छन् ।

 

यस्तो छ डा. विनोद शाहले अमेरिका र क्यानडाका बासी नेपाली र मतदाताका नाममा जारी गरेको वक्तब्य

आदर्णिय सम्पूर्ण अग्रज तथा सहकर्मी साथिहरू, सन्चारकर्मि मित्रहरू,
नमस्कार
सर्वप्रथम मात्रिभूमि नेपाल तथा प्रवासका विभिन्न देशमा रहनुहुने सबै नेपालीजनहरुलाई आउदै गरेको बडा दशैको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

यस एनआरएन को अभियानमा स्थापनाकालदेखि मेरो उपस्थितिबाट अमेरिकि नेपालि डायस्फोरा सर्ववितितै हुनुहुन्छ । यसै क्रम मा मैले राष्ट्रीय समिति र अन्तराष्ट्रीय समितिका विभिन्न जिम्मेवारी पदमा बसेर काम गरिसकेको छु । काम गर्ने क्रममा यहाँहरूको साथ र सहयोगवाट थप हौसला मिलेको छ , यसर्थ गैर आवासिय नेपाली संघ को यहि October 15-17 सम्म काठमाण्डौ हुने ग्लोबल सम्मेलनमा मैले सम्पूर्ण प्रवासी अमेरिकन-क्यानडा क्षेत्रमा बसोवास गर्ने समुदायको हितमा निम्ति आफुलाई प्रस्तुत गर्दै अमेरिकाज क्षेत्रको क्षेत्रिय संयोजक मा मनोनयन दर्ता गर्ने निर्णय गरेको छु । मलाई आशा र बिस्वास छ, यहाँहरूले हिजोका दिनमा दिनुभएको माया स्नेह र प्रेम अझ फराकिलो बनाउदै समुन्नत एन आर एन निर्माणमा सहयोग पुर्याउनु हुनेछ ।यस घडिमा भोलिका हाम्रा सन्ततिको नेपाल र नेपालि माटोको सुगन्ध विश्वभरी फैलाउनु पर्ने महत्वपूर्ण क्षण भएको हुदा यो यात्रामा यहाहरूको अमुल्य सहयोगको अपेक्षा राखेकोछु । आउनुस् यो यात्रामा संगसगै हातेमालो गरौ , अमेरिका-क्यानडा अमेरिकाज क्षेत्रका सम्पूर्ण प्रतिनिधि साथिहरूमा यहाहरूको अमुल्य मतको अपेक्षा राख्दछु।धन्यवाद, जय एन आर एन !!!

विनित,
डा. विनोद शाह
न्यूयार्क , अमेरिका

Comments

comments