नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण ऐतिहासिक हुने कुरामा आफुहरु विश्वस्त रहेको बताएका छन् । चितवनको माडीमा शुक्रबार आयोजित कम्युनिस्ट नेता दिवाकर भुषालको १६ औं स्मृति दिवस तथा समृति ग्रन्थ विमोचन समारोहमा बोल्दै प्रचण्डले सि को नेपाल भ्रमण उपलब्धी मुलक र ऐतिहासिक हुनेमा आफुहरु विश्वस्त रहेको बताएका हुन्

भोली (शनिबार) दिउँसो साढे ३ बजे नेपाल अवतरण गर्न लागेका चिनियाँ राष्ट्रपति सी को भ्रमणबारे उनले भने ‘चिनियाँ राष्ट्रपति सि जिनपिङको यो भ्रमणले नेपालका लागि दूरगामी महत्व राख्छ’ ‘बाटो, उद्योग, औद्योगिक पार्क बनाउने सन्दर्भमा चीनसँग सम्झौता हुँदैछ । यो भ्रमण ऐतिहासिक हुने कुरामा हामी विश्वस्त छौं ।

उनले भने, २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपाल भ्रमण हुँदैछ । २३ वर्षमा राजनीतिमा धेरै ठूलो परिवर्तन भएको छ । निरंकुश राजतन्त्रलाई बिदा गरिएको छ । मुलुक समाजवाद उन्मुख अवस्थामा छ ।’

चीनमा सि जिनपिङको नेतृत्वमा त्यहाँको सरकारले जनताको पक्षमा अभूतपूर्व विकास गरेर संसारकै दोस्रो ठूलो आर्थिक शक्तिको रुपमा आफूलाई उभ्याएको अध्यक्ष प्रचण्डको भनाइ थियो । यस्तै अध्यक्ष प्रचण्डले पाँच वर्षभित्र माडीलाई मणि बनाइने प्रतिवद्धता व्यक्त गरे ।

 

Comments

comments