सिन्धुपाल्चोकको इन्द्रावती-१० को तिखु मोडमा बस दुर्घटनामा परि मृत्यु भएका १२ जना कै सनाखत भएको छ । १२ जनाको मृत्यु र ९८ जना घाईते हुनेगरी शुक्रबार बिहान भएको सो दुर्घटनाका मृतक सबै जनाको सनाखत भएको हो ।

इन्द्रावती गाउँपालिका-९, सिपाटारबाट काठमाडौँ आउँदै गरेको बा २ ख २७१५ नम्बरको सो बस दुर्घटनामा परि ललितपुरकी ४७ वर्षीया समिता श्रेष्ठ, मेलम्ची नगरपालिका-१३ का २० वर्षीय अनुश तामाङ, इन्द्रावती-१० का २३ वर्षीया मिना मगर, ३९ वर्षीय सुवास अधिकारी, ६ वर्षीय बालक सुमित पुर्कोटी, इन्द्रावती-९ की ४४ वर्षीया जुनादेवी लम्साल बाह्रबिसे नगरपालिका -७ की अस्मिता श्रेष्ठ , इन्द्रावती-९ का ४५ वर्षीय हिरा श्रेष्ठ, २५ वर्षीय विनोद लम्साल, इन्द्रावती-१० का २९ वर्षीय रितेश आचार्य, पाँचखाल नगरपालिका-६, काभ्रेकी २२ वर्षीया संगिता मिजार र बनेपा नगरपालिका-३ काभ्रेका चालक केदारनाथ महाजुको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु भएकाहरु मध्य अधिकाशं दशैंको टिका थाप्न आफन्तकोमा आउने जाने क्रममा सो बस चढेका थिए ।सडकबाट करिब दुई सय मिटर तल खसेको सो बस दुर्घटनामा ९८ जना यात्रु घाइते छन्। हेलिकोप्टर र एम्बुलेन्सबाट अस्पताल पुर्याइएका घाइतेमध्ये ६७ जनाको धुलिखेल अस्पतालमा , १६ जनाको शिर मेमोरियल अस्पताल बनेपामा र बाँकी १५ जनाको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भै रहेको छ ।

Comments

comments