बिजया दशमी अर्थात बडा दशैंको टिकाको दिन बेलायतमा एक नेपाली चेलीको हत्या भएको छ । बेलायतको लेष्टर शहरमा बस्दै आएकी ३२ वर्षीया शुभेच्छा बुढाथोकीको उनकै निवासमा छुरा प्रहार गरि हत्या गरिएको हो ।

दशैंको टिकाको दिन बिहान करिब साढे ८ बजेको समयमा उनिमाथी छुरा प्रहार भएको थियो । छुरा प्रहार भएको सुचना पाए लगत्तै प्रहरी उनको निवास पुगेको भएपनि उनको मृत्यु भै सकेको थियो । पोष्टमार्टम रिपोर्टमा उनको शरिरका धेरै ठाउँहरुमा छुरा प्रहार भएकाले उनको घटनास्थलमा नै मृत्यु भएको पृष्टी गरेको छ ।

सुभेच्छाको हत्या बारे लेष्टर प्रहरीले बिहीबार एक वक्तव्य जारी गर्दै ‘फातिमा’ नामबाट चिनिँदै आएकी मृतकको वास्तविक नाम शुभेच्छा बुढाथोकी रहेको र उनी नेपाली रहेको पुष्टी गरेको छ।

मृतक नेपाली भएको पृष्टी भएपनि उनका बारे अरु जानकारी अहिलेसम्म उपलब्ध छैन। उनको हत्या किन र कसले गर्यो भन्ने बारे बेलायतको इष्ट मिडल्यान्ड स्पेसल अपरेसन युनिटका इन्स्पेक्टर मार्क सिन्स्कीको नेतृत्वको प्रहरीले गरिरहेको छ ।

Comments

comments